Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

एमाले सचिव रायमाझीद्वारा भुटानी शरणार्थी प्रकरणमा जोडिएको अस्वीकार, भन्छन् : मलाइ फसाइयो

अब के जान्छ उनको सांसद पद?

खबरडबली संवाददाता

काठमाडौँ।   प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।

अर्घाखाँचीको सन्धीखर्कमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै रायमाझीले भने, ‘फसाउन खोजिएको हो कि के हो ? हामीले जान्ने कुरा भएन । यसमा हाम्रो संलग्नता छैन ।’

उनले आफू भुटानी शरणार्थीहरूको दिर्घकालीन समस्या समाधानका लागि पहल गरेको बताउँदै कानुनलाई सहयोग गर्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री समेत रहेका रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

रायमाझी गत मंसिरमा सम्पन्न निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी यसअघि उपप्रधान तथा ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, स्थानीय विकासमन्त्री र शान्तिमन्त्री भएका थिए ।

रायमाझीसँगै उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका बाबु– छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिएका छन् । सोही घटनामा संलग्न रहेको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझीका बाबु छोराको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले सन्दीपको नाममा काटिएको डेढ करोडको चेक पनि प्रमाणको रुपमा फेला पारेको उच्च स्रोतले जनाएको छ ।

टोपबहादुरले पाँच करोडभन्दा धेरै ठगी प्रकरणमा जोडिएका दुई जना व्यक्तिसँग घुम्न गएको बाहेक अरु कुनै साइनो नरहेको बताएका छन् ।

‘मैले दुई जना मान्छेलाई चिन्थें । घुम्न जाने नाममा गएका हौं । ती चिनेका मान्छेहरुसँग घुम्न जाँदा फोटो खिचेको हो’, उनले भने, ‘त्यसबेला मेरो छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटेको रहेछ । त्यसपछि मेरो छोराको नाममा डेढ करोडको चेक काटेको कुरा आएको थियो । चेक खारेज हुन्छ भन्ने पनि थाहा थिएन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गरेको आरोप पक्राउ परेकामाथि छ ।

भुटानी शरणार्थी भन्दै नक्कली कागजात बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा हाई प्रोफाइल व्यक्तिको पनि संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भन्दै दुई जनाको उजुरी परिसरमा दर्ता भएको छ उजुरीका आधारमा हालसम्म ७ जना प्रक्राउ परेका छन् ।

सोही घटनामा रायमाझीका सहयोगी सानु भण्डारी , कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलाल,सागर थुलुङ,टंक गुरुङ र सन्देश शर्मा पोख्रेल पक्राउ परिसकेका छन् । संगठीत अपराधको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ ।
के जान्छ सांसद पद?
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दाको आरोपमा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको हो। एमाले सचिवसमेत रहेका रायमाझी पूर्व उपप्रधानमन्त्री हुन्।

नेपालको संविधानअनुसार अब उनको सांसद पद निलम्बन प्रक्रिया अघि बढ्नेछ। तर त्यसअघि उनलाई प्रहरीले पक्राउ गर्नुपर्नेछ।

प्रहरीले पक्राउ परेको जानकारी सभामुखलाई गराएपछि निलम्बन प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।

संविधानको धारा १०३ (६) मा ‘कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ।’
 
प्रतिनिधिसभा नियमावलीको २४८ मा १ मा कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्नेछ।

बैठक नचलेको अवस्थामा भने सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउनेछन्। 

अहिले संघीय संसद्को अधिवेशन नभएकाले पक्राउ परेको जानकारी पाएपछि सभामुखले निलम्बन भएको सूचना टाँस गरी गर्न सक्नेछन्।

यसैगरी फरार रहेमा पनि सांसद रायमाझी निलम्बनमा पर्नेछन्। तर यसका लागि प्रहरीले फरार रहेको पत्र सभामुखलाई दिनुपर्नेछ। यदि उनी दोषी रहेको प्रमाणित भएमा वा अनुसन्धानका लागि राजीनामा दिएमा मात्र सांसद पद जाने व्यवस्था छ। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy