Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

बन्दको विकल्प खोज्न उद्योगी व्यवसायीको माग

काठमाडौं । बारम्बार हुने बन्दबाट औद्योगिक तथा व्यावसायिक क्षेत्रमा दैनिक करोडौँको नोक्सानी हुने गरेकाले यस्ता घटनाबाट मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन बन्दको विकल्प खोज्न माग गरिएको छ । रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको अन्तरक्रियामा सहभागी अर्थशास्त्री तथा उद्योगी व्यवसायीले देशको आर्थिक वृद्धिको लक्ष्यमा प्रत्यक्ष असर पार्ने बन्द सदाका लागि बन्द गर्न माग गरेका हुन् । उनीहरुले दैनिक जीवन, सामाजिक क्षेत्र  र आर्थिक क्षेत्रलाई पीडा दिने यस्ता बन्दलाई निरन्तरता दिइए आगामी दिनमा पीडित पक्षको सहकार्यमा बन्द तथा राजनीतिक दलका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । राष्ट्रिय योजना अयोगका सदस्य तथा अर्थशास्त्री डा चन्द्रमणि अधिकारीले एक दिनको बन्दले  २ देखि ३ अर्बको आर्थिक नोक्सानी हुने उल्लेख गर्दै बन्द सदाका लागि बन्द गर्नुपर्ने बताए। उनले आर्थिक एवम् सामाजिक क्षेत्रमा यसको असर ठूलो हुने भएकाले समग्र आर्थिक वृद्धिको लक्ष्यमा पनि असर पार्ने उल्लेख गरे । उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बारम्बार राजनीतिक दलले बन्द नगर्ने बताए पनि बन्दको शृङ्खला नरोकिएकाले बन्दबाट हुने क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन सरकार समक्ष माग गरे । यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बन्दका कारण हजाराँै यात्रुले पीडा भोग्नु परेको, दर्जनौँ सवारी साधन तोडफोड गरिएको र यातायात क्षेत्रमा मात्रै दैनिक १ अर्बको क्षति हुने गरेको बताए । निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुभाइ श्रेष्ठले बन्दका कारण निर्माणाधीन ठूला योजना सम्पन्न हुन नसक्ने अवस्थामा पुग्ने मात्रै हैन अन्तर्राष्ट्रिय निर्माण आयोजनामा राज्यले करोडौं को क्षति व्यहोर्नु परेको सन्दर्भसमेत उल्लेख गरे । उद्योगी बनवारीलाल मित्तलले बन्दका बेला राज्यले व्यवसायको सुरक्षाको प्रत्याभूत गर्नुपर्ने बताए । नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले बन्दको विकल्प नखोज्ने हो भने सम्पूर्ण पेसा व्यवसायी एवम् विद्यार्थीले बन्दको विरुद्धमा आन्दोलन गर्ने चेतावनी र्दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending