काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक २ दिनदेखि जारी छ।
बैठकमा विभिन्न विभागीय जिम्मेवारी पाएका केन्द्रीय नेताले प्रतिवेदन बुझाउँदै र त्यसको सान्दर्भिकता प्रस्तुत गर्दै आएका छन्।
मिसन ग्रास रुट अभियानदेखि पार्टीको वर्तमान परिस्थितिमाथि नेताहरुले प्रश्न गरिरहेका छन्। आजको बैठकमा भने केन्द्रीय नेताहरुले संघीयता खारेजीको प्रस्ताव राखेका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा एमाले नेताहरु महेश बस्नेत, गोकुल बास्कोटा, देवी ज्ञवालीलगायतले संघीयताबारे पार्टीले पुनर्विचार गर्नुपर्ने र यसबारे बहस चलाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
‘संघीयताको पुनरावलोकन गरौं, शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाऊ र राजनीतिक स्थिरताका लागि दुई दलीय व्यवस्था अथवा ५ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गरौं’,
बस्नेतले आफ्नो सुझावमा भनेका छन् ।
त्यस्तै अर्का नेता बास्कोटाले पनि संघीयता आर्थिक बोझ र जनताले समेत नरुचाएको भन्दै प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने सुझाव दिएका हुन् ।
एमाले स्रोतका अनुसार बास्कोटाले प्रदेश संरचनाको औचित्य नरहेको भन्दै त्यसलाई जनताले समेत नरुचाएकाले यसबारे पार्टीले बहस चलाउनुपर्ने धारणा राखेका हुन् ।
‘प्रदेश र जिल्ला समन्वय समितिको आवश्यकता जनताले महशुस गर्न छाडिसकेकाले त्यसबारे पुनर्विचार गर्नुपर्छ’, बास्कोटाले आफ्नो प्रस्तावमा भनेका छन्, ‘जनताले मन पराउँदैनन् भने समातेर किन हिँड्नु?’
त्यस्तै उनले समावेशितालाई आत्मसात् गर्दा महिलालाई ३३ प्रतिशत प्रत्यक्ष रूपमै कोटा छुट्याएर समेटनुपर्ने सुझाव पनि राखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: