काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ नेता र कर्मचारीहरूको सम्पत्ति छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेको हो ।
त्यस्तै अवैध सम्पत्ति जफतको समेत माग गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको इमान्दारितापूर्वक छानबिन गर्न पनि राप्रपाले माग गरेको छ ।
ज्ञापनपत्र बुझाएसँगै सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी उम्किन नहुने र निर्दोष फस्नु नहुने कुरा आफूहरूले राखेको बताए । त्यसै गरी विगतमा भएका ठुला–ठुला भ्रष्टाचार काण्डको फाइल खोल्न पनि माग गरिएको उनले जानकारी दिए ।
उनले भने, ‘यो प्रकरण विगतका भ्रष्टाचार काण्डहरू जस्तो, विगतको अनियमितताहरूमा भएको छानबिन जस्तो, छानबिन प्रक्रिया अगाडी बढ्ने र बिचमा हराउने, सेलाउने प्रकारको नहोस् । र त्यसमा निष्पक्षता, इमानदारीपूर्वक छानबिन होस् । कोही पनि निर्दोषहरू नपरुन् । दोषी कोही पनि नउम्किउन् । कुनै पनि तहका मानिसहरूले उन्मुक्ति नपाउन् र विगतका ठुला ठुला भ्रष्टाचार काण्डका फाइल पनि अब खोलिनुपर्छ । २०४६ सालपछिका उच्च पदस्थ नेता, कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नुपर्छ । अवैध सम्पत्तिहरू जफत गरिनुपर्दछ भनेर हामीले ज्ञापन पत्रमार्फत सरकारलाई सचेत गरायौँ । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सडक र सदन दुवैतर्फ उभिन्छ भनेर हामीले भनेका छौँ । यो दलको, त्यो दलको, यो पक्षको, उ पक्षको भन्ने होइन कुनै पनि भ्रष्टाचारी यसबाट उन्मुक्ति पाउने अवस्था सिर्जना हुनुहुँदैन । सबैलाई छानबिनको दायराभित्र ल्याउनुपर्दछ । ज–जसको नामहरू अहिले देखिएको छ उनीहरूलाई कारबाहीको दायरामा ल्याएर सत्य, तथ्य सार्वजनिक गर्नुपर्छ । प्रधानमन्त्रीले म पछि हट्दिन । यो चुनौतीलाई अवसरको रूपमा लिएको छु भन्नुभएको छ ।’
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय जगतको पनि भएको उल्लेख गरेको जानकारी दिए ।
उनले वाइडबडी, एनसेल, फोरजी, ३३ किलो सुन काण्ड र क्यान्टनमेन्ट घोटाला काण्डको समेत छानबिनको माग गरिएको स्पष्ट पारे ।
उनले राप्रपाले आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि ज्ञानपन पत्र बुझाएर प्रधानमन्त्रीलाई दबाब दिइएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: