काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी छलफलका लागि बैठक डाकेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य मन्त्री र सचिव, वाग्मती प्रदेशका मुख्यमन्त्री, नुवाकोट र धादिङका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका मेयर तथा प्रशासकीय प्रमुखलाई डाकिएको थियो ।
बैठकमा सिसडोल र त्यस आसपासका सरोकारवाला नागरिक अगुवाहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री डाकेको उक्त बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भने बैठक बहिष्कार गरेका छन् । उनी बैठकमा अनुपस्थित देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका तर्फबाट मेयर बालेनले सुरु गरेको अभियानमा संघीय सरकारले साथ नदिएको भन्दै केही समय अघि उनले सिंहदरबार र शितल निवासको फोहोर उठाउन रोकेका थिए ।
सर्वोच्चको आदेशपछि फोहोर भने उठाउन सुरु भइसकेको छ । त्यसपछि फोहोर फाल्ने क्षेत्रका जनप्रतिनिधि र स्थानीयको विगतमा गरेका सम्झौता पालना नभए फोहोर उठाउन रोक्ने चेतावनी सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री कार्यालयका तर्फबाट प्रशासकीय अधिकृत र मेयर बालेन दुवैलाई आमन्त्रण गरिएपनि प्रशासकीय अधिकृत मात्र बैठकमा सहभागी हुन आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
“मेयर बालेन प्रधानमन्त्रीले महत्वसहित सरोकारवालासँग राखेको छलफलमा सहभागी हुन आउनु भएन । काठमाडौं महानगरबाट प्रकाशकीय अधिकृत मात्र आउनुभएको छ,” प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, “उहाँले नबोलाइएको भनेर गलत कुरा भन्न थाल्नुभएछ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: