काठमाडौँ, \"गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको अधिकार, सेवाको पहुँचमा हामी सबैको जिम्मेवार\" भन्ने नाराका साथ यस वर्षको स्वास्थ्य सेवा दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । हरेक वर्ष दिवसकै दिन स्वास्थ्य सेवाका उत्कृष्ट कर्मचारी पुरस्कृत भए पनि यस पटक गरिएन ।
त्यस्तै नेपालका दुर्गम र सहरी क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको छ ।
काठमाडाैँ मा जन्मिने शिशुको आयुदर ८२ वर्ष र जुम्लाको शिशुको आयुदर ३६ वर्ष मात्र हुने एवम् सरदर नेपालीको आयु ७० पुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
तेस्रो स्वास्थ्य दिवसका अवसरमा आज काठमाडाैँमा आयोजित कार्यक्रममा महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले सहरी क्षेत्र र दुर्गम क्षेत्रबीचका आयुदरमा ठूलो अन्तराल देखा परेको जानकारी दिँदै असमान आयुदर कम गर्न मन्त्रालयले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विभिन्न तहमा २१ हजार जनशक्ति थप गर्न लागेको बताए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रतिदश हजार जनसङ्ख्यामा एक चिकित्सक पर्छन् । सङ्गठनका मापदण्डमा १५ जनामा एक चिकित्सक हुनुपर्ने प्रावधान छ । विभागले आठ हजार चिकित्सक, नर्स, जनस्वास्थ्य अधिकृत, सहायक जनस्वास्थ्यलगायत दरबन्दी थपका लागि विभिन्न निकायबाट स्वीकृत पाइसकेको तथा बाँकी १४ हजार दरबन्दी तेस्रो स्वास्थ्य सेवा रणनीति कार्यान्वयनका क्रममा थप गर्न लागेको छ । सबै उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति भइसकेकाले ती जनशक्ति आवश्यक परेको हो ।
विभागले तीन हजारभन्दा बढी स्वास्थ चौकीमा एक छात्रवृत्तिमा अध्ययन गरेका र एक दरबन्दीमा रहेका दुई चिकित्सक, तीन नर्स, अहेबलगायत जनशक्ति, आवश्यक उपकरण र औषधि पुर्याउने महत्वकाङ्क्षी योजना कार्यान्वनको तरखर गर्दैछ । तारे होटलमा स्वास्थ्य कार्यक्रम नगर्न निर्देशन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि र उपकरण नराख्न निर्देशन दिँदै म्याद नाघेका औषधि वितरण गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएका छन् । उनले स्वास्थ्यसम्बन्धी कार्यक्रम तारे होटलमा आयोजना नगर्न, कार्यक्रममा मदिरा नराख्न निर्देशन दिँदै निजी क्षेत्रका अस्पतालले दश प्रतिशत सेवा निःशुल्क गर्नुपर्ने प्रावधानलाई कडाइका लागू हुनुपर्नेमा जाेड दिएका छन् ।
मुख्य सचिव लीलामणि पौड्यालले सरकारी अस्पतालमा नाम झुन्ड्याई निजी अस्पतालमा काम गर्न जाने चिकित्सकलाई कारबाही हुनुपर्ने बताए ।
उनले राजधानीका वीर, कान्ति, त्रिविवि शिक्षण, गङ्गालाल, प्रसूति जस्ता अस्पताल आफैँले औषधि पसल सञ्चालनमा ल्याउनका लागि तुरुन्त निर्देशन दिन मन्त्रालयसित आग्रह गर्दै अस्पताल वरिपरिका औषधि पसलले गरिब जनतासित लुटको व्यवसाय सञ्चालन गरिरहेको आरोप लगाए । “चिकित्सकलाई जनताले देउता जस्तो मान्दछ तर चिकित्सकले सेवाभन्दा आम्दानीमा बढी ध्यान दिन थाल्दा यस क्षेत्रमा विकृति आएको छ”– पौडेलले भने ।
मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले स्वास्थ क्षेत्रको सुधारका लागि पाँचवर्षे रणनीति कार्यान्वयन हुन लागेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: