Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सुर्खेतको अखण्ड आन्दोलनमा ढलेका शरिर आज जले

\"surkhet_sabसुर्खेत । संघीय प्रदेशको सिमाङकनलाई लिएर सुरु भएको आन्दोलनको दोस्रो दिन गते २५ गते सुर्खेतमा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । यही साउन २३ गते शीर्ष नेताहरुले मध्यपश्चिमलाई सुदुरपश्चिमसंग मिसाएर सिमाङकन गरिदिएपछि आन्दोलन सुरु भएको थियो । यसै आन्दोलनका क्रममा २५ गते सडकमा उत्रिएकाहरु मध्ये तीन जनाले प्रहरीले चलाएको गोली लागि मृत्यु भयो । ८ दिनसम्म उनीहरुको शव अस्पतालमै रह्यो । आफन्तका मागलाई सरकारले वास्ता गरेन । मृतकहरुले मध्यपश्चिमलाई छुट्टै प्रदेश चाहन्थे । सरकारले त्यो पनि पुरा गरेको छैन । उनीहरुका आफन्तले मृतकलाई सहिद घोषणा गर्न माग गरेका छन् । यो पनि सरकारले पुरा गरेको छैन । सोमबार  सरकारका तर्फबाट गृहमन्त्री वामदेव गौतमले मृतकका परिवारलाई दश लाख दिने र घाइतेलाई उचार गर्ने बताए । बामदेव गौतमको भनाई सुर्खेत आइपुगेपछि दलहरुको आग्रहमा सीमाङकनको असहमतिमा ढलेका तीन शरीरहरु सोमबार नै जलेका छन् । शव आफन्तले बुझे पछि सोमबार नै श्रद्धाजली दिदै उनीहरुको दाहासंस्कार गरिएको हो । बि.स. २०२३ सालमा जन्मेका वीरेन्द्रनगर–३ का टिकाराम गौतम, वीरुेन्द्रनगर–८ का यामबहादुर विसी, वीरेन्द्रनगरकै गोपालसिंह रजवारको पार्थिव शरिर सोमबार जलाइएको हो । सिमाङकनको असहमतिमा आन्दोलनमा सहभागी विसी अधिकृतको तयारी गरिरहेका थिए । यस्तै गौतम पेन्टिङ गरेर परिवार चलाएका थिए र रजवार राम्रो कोट सिलाउने परिचय बनाएका व्यक्ति थिए । उनीहरुले यो आन्दोलनमा बलिदान दिए पनि दश लाखका उनीहरुको शरिरको अन्त्यष्टि गरिएको भन्दै नागरिक संघर्ष समितिले भने आपत्ती जनाएको छ । समितिका प्रचण्ड पोख्रेलले सिमाङकनको असहमति र मध्यपश्चिमको लागि सुरु गरिएको आन्दोलनका लागि मृत्यु भएकाहरुलाई दश लाखमा दाहासंस्कार गरिएको भन्दै आक्रोश व्यक्त गरे । राजनीतिक दलहरुको दवावमा आन्दोलनलाई कम्जोर बनाउनका लागि बलिदानी दिएका व्यक्तिहरुलाई पैसामा तुलना गरिएको उनको भनाइ छ । ‘‘जसले आफ्नो माटो, मध्यपश्चिमका लागि बलिदानी दिए,’ उनले भने–‘दलहरुको दवावमा उनीहरुलाई पैसामा तुलना गरियो यो आपत्तिजनक हो ।’’ \"surkhet_sabस्थानीय प्रशासनले मृतकको मुचुल्कामा गलत बनाएको थियो । यसले गर्दा सोमबार पनि शव नबुझ्ने पीडितहरुले बताएका थिए तर पछि मुचुल्का सच्यापछि शव बुझिएको हो । प्रहरीले छातीमा गोली लागेका गौतम र घाटीमा गोली लागेका विसीलाई हवाईफायर गर्दा खुट्टामा गोली लागेर मृत्यु भएको मुचुल्का तयार गरेको थियो । मुचुल्का सच्याएपछि शव बुझेर आफन्तले मृतकको सोमबार नै अन्त्यष्टि गरिएको छ । अन्त्यष्टिमा सुर्खेतका हजारौं नागरिकहरुको सहभागिता रहेको थियो । यहाँका सर्वसाधारणहरु र सबै राजनीतिक दलहरुका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । फेरी पनि आफन्त मृतकका मलामी जाने सबैको चाहाना थियो जे उदेश्य  वोकेर मृतकहरुले बलिदानी दिए ति सपनाहरु नतुहिउन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending