Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

भक्तपुरमा नक्कली भूकम्पपीडितको बिगबिगी फिर्ता नगर्नेलाई कार्वाहीः प्रजिअ

\"card\"भक्तपुर । गत वैशाख १२, १३ र २९ गतेको भूकम्पमा पूर्णरुपमा घर क्षति भएको विवरण भराएर भूकम्पपीडितको रातो कार्डसहित  १५ हजार लिने नक्कली पीडितको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयमा त्यस्ता ६०० व्यक्तिको जानकारी आइसकेको र अन्यको पनि प्रशासनले खोजी गरिरहेको छ । जिल्लामा भूकम्पले एउटा घर भत्किए पनि एकाघरका दुईदेखि चार जनासम्मले रातो कार्डसहित रु १५ हजार लिएको, बस्नका लागि एकभन्दा बढी घर भएका, यहाँ नबसी सहरको घरमा बस्दै आएका, गोठ तथा कुखुराको खोर भत्किएर क्षतिपूर्ति लिएका र घरमा क्षति नै नभए पनि क्षति भएको विवरण भराएर रातो कार्ड र १५ हजार लिनेको बिगबिगी रहेको खुलासा भएको हो । त्यस्ता व्यक्तिको नामावलीसहित गाउँगाउँबाट उजुरी आउन थालेपछि भक्तपुरमा नक्कली भूकम्पपीडितको खुलासा भएको हो । भक्तपुरका प्रजिअ तोयम रायाले अहिलेसम्म पूर्ण क्षतिको विवरण भराएर रकम लिने ६०० जना रहेको खुलासा भएको बताउँदै उनले उनीहरुलाई तत्काल रकम फिर्ता गर्न पत्राचार गरेको बताए । भक्तपुरमा ६०० भन्दा बढी नक्कली पीडितले रातो कार्ड बनाएर रु १५ हजार लिएको हुनसक्ने भएपछि जिल्लाका छवटै नगरपालिकाले गाउँगाउँमा सरकारको मापदण्ड विपरीत रकम लिनेलाई फिर्ता गर्न सात दिने सार्वजनिक सूचना टाँस गरेको छ । रकम फिर्ता नगर्नेलाई एकसाता पछि कारबाही गर्ने बताउँदै प्रजिअ रायाले केहीले रकम फिर्ता गर्न थालिसकेको बताए । अनन्तलिेङ्श्वर नगरपालिकामा आठ जनाले रकम फिर्ता गरेको र अन्य नगरपालिका तथा जिल्ला प्रशासनमै आएर रकम फिर्ता गर्न थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending