Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

वाग्नरको विद्रोह रोक्ने घोषणा, आइतबार नै शिविरमा फर्किए

खबरडबली संवाददाता

मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नेतालाई राजद्रोहको आरोपबाट बच्न र बेलारूसमा निर्वासन स्वीकार्न सहमत भएपछि वाग्नर भनिने रूसी भाडाका सैनिकहरू आइतबार शिविरमा फर्केका छन् ।

यो सम्झौताले येभगेनी प्रिगोजिनको निजी सेनाले मस्कोमा आक्रमण गर्न सक्ने तत्कालको खतराको अन्त्य गरेको छ, तर विश्लेषकहरूले वाग्नरको विद्रोहले पुटिनको शासनलाई सोचेभन्दा बढी कमजोर रूपमा उजागर गरेको बताएका छन् ।

मस्कोमा आइतबार पनि ‘आतङ्कवाद विरोधी अभियान’ अन्तर्गत लगाइएका सुरक्षा उपायहरू यथावत् छन् र प्रिगोजिन कहाँ रहेका भन्ने स्पष्ट जानकारी छैन । 
उहाँ अन्तिम पटक शनिबार अबेर राति रोस्तोभ–अन–डनबाट निस्केको एसयूभीमा देखिनुभएको थियो । उक्त स्थानमा उहाँका लडाकूहरूले कारको झ्यालबाट हात मिलाउन आएका युवा नागरिक दर्शकहरूको एक समूहको जयजयकारसँगै सैन्य मुख्यालय कब्जा गरेका थिए ।

बख्तरबन्द गाडी बोकेका ट्रक र लडाकुहरूसहित युवाहरू उहाँको कारको पछि लागेका थिए । 

पछिल्लो निर्णयसँगै अहिले प्रिगोजिनका सेनाले रोस्तोभ सैन्य मुख्यालय छोडेका छन् र मस्कोको उत्तरमा भोरोनिश र लिपेत्स्क क्षेत्रका अधिकारीहरूले वाग्नर एकाइहरू पनि पछाडि फर्केको बताएका छन् । 

वाग्नर लडाकुहरू मस्कोबाट ४०० किलोमिटरको दूरीमा आइपुगेको खबरहरू आएका थिए भने प्रिगोजिन आफैले ‘२४ घण्टामा हामी मस्कोको २०० किलोमिटर टाढा पुगेको’ दाबी गरेका थिए । 

युक्रेनमा रूसी कारबाहीलाई लिएर सेनाका उच्च अधिकारीहरूसँग लामो समयदेखि चलेको उहाँको विवाद शनिबार वाग्नर सेनाले रोस्तोभ सैन्य शिविर कब्जा गरेर राजधानीतर्फ अघि बढेपछि टुङ्गिएको थियो । 

पुटिनले यस कार्यलाई देशद्रोहको संज्ञा दिएका थिए  । साथै उनले अपराधीहरूलाई दण्डित गर्ने प्रतिज्ञा गरेका थिए । उनीहरूले रूसलाई गृहयुद्ध निम्त्याउन खोजेकोे आरोप पुटिनले लगाएका थिए । 

तर सम्झौतापछि पुटिनले वाग्नर समूह र मस्कोको दशकौंको सबैभन्दा गम्भीर सुरक्षा सङ्कटलाई रोक्नको लागि प्रिगोजिनविरुद्ध लगाइएको ‘सशस्त्र विद्रोह’ को आरोप फिर्ता लिने र वाग्नर सेनामाथि मुद्दा नचलाउन सहमत भएका छन् । 

प्रिगोजिनले ‘रूसी रगत बग्न नदिन’ आफ्नो सेना शिविरमा फर्कने आश्चर्यजनक घोषणा गरेको केही घण्टामै क्रेमलिनले पुटिनको पूर्व सहयोगी बेलारुस प्रस्थान गर्ने जनाएको छ । 

रूसले प्रिगोजिनविरुद्ध लगाइएको ‘सशस्त्र विद्रोह’ को आरोप फिर्ता लिने र वाग्नर सेनामाथि मुद्दा नचलाउने बताएको छ । 

विश्लेषकहरूले यो सम्झौताले रूसी राष्ट्रपतिको सत्तामा पकडको कमजोरी उजागर गरेको पनि बताएका छन् ।

बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोले प्रिगोजिनसँग युद्धविरामका लागि वार्ता भएको बताउनुभएको छ । मस्कोले सामान्यतया पुटिनको एक साझेदारको रूपमा हेर्ने लुकासेन्कोलाई प्रिगोजिनसँग युद्धविराम वार्ताका लागि धन्यवाद दिएको छ ।

सम्झौताको बारेमा थोरै मात्र थाहा छ, मिन्स्कले ‘दिनभरि वार्ता जारी रहेकोे’ भनेर मात्र जानकारी गराएको छ । यसबारे बिस्तृतमा केही बताएको छैन ।  

प्रिगोजिनलाई बेलारुस जान पाउने ग्यारेन्टी दिइएको छ कि छैन भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले स्थानीय सञ्चारमाध्यमसँग भने, “यो रुसका राष्ट्रपतिको कुरा हो ।” 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सहयोगी माइकाइलो पोडोल्याकले ट्वीट गर्दै भनेका छन् , “प्रिगोजिनले पुटिन र राज्यलाई अपमानित गरेका छन् र हिंसामा अब एकाधिकार छैन भन्ने देखाएका छन् ।” 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies