ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेटको तुलनामा १३ दशमलव ३६ प्रतिशत घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा पुरक बजेटसहित महानगरले रु सात अर्ब ५० करोड ३५ लाख तीन हजारको वार्षिक बजेट पारित गरेको थियो । आगामी आर्थिक वर्षका लागि रु छ अर्ब ५० करोड पाँच लाख ८८ हजारको बजेट प्रस्तुत भएको महानगरका उपप्रमुख मञ्जली शाक्यले बताइन् ।
प्रस्तुत बजेटमा पूँजीगततर्फ रु चार अर्ब २१ लाख ४६ हजार र चालुतर्फ रु दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार छुट्याइएको छ । विनियोजित बजेटमा सडक पूर्वाधार, सम्पदा क्षेत्र, विपद् व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालन, हरियाली पार्क निर्माण, एक वडा एक उद्यान, एक घर एक बोट अभियान, प्रत्येक वडामा सार्वजनिक शौचालय, आयोजना बैंक निर्माण, अपाङ्गतामैत्री फुटपाथ निर्माणलाई जोड दिइएको उपप्रमुख शाक्यले प्रस्ट पारीन् ।
हस्तकला प्रवद्र्धन, सहुलियतपूर्ण कर्जाका लागि बीउपूँजीको व्यवस्था, खानेपानी व्यवस्थापनका लागि बजेट, विपद् व्यवस्थापनका लागि सरसफाइ एम्बुलेन्सको अवधारणा लागू गरिने बजेटमा उल्लेख छ । वातावरण संरक्षणमा सघाउ पुर्याउने योजनालाई प्राथमिकता दिन वातावरण प्रहरीको सुरुआत विद्युतीय सवारी खरिद गर्ने करदातालाई राजस्वमा पाँच प्रतिशत छुट दिने कुरा पनि बजेटमा समेटिएको छ । गत असार ६ गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर महानगरले बजेट प्रस्तुत गरेको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: