Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

महिनावारीको क्रममा के कुरामा ध्यान दिनु पर्छ ?

खबरडबली संवाददाता

काठमाडौं। महिनावारीको समयमा सरसफाईमा ध्यान दिनु हरेक महिलाका लागि अति नै कठिन हुन्छ । यसका साथै महिनावारीको समयमा प्रायः महिलालाई विभिन्न किसिमका समस्याको सामना गर्नु पर्छ ।

धेरै महिलाहरुमा यो समयमा कम्पन, ज्वरो, नराम्रो पाचन र मूड स्विङ आदिको अत्यधिक समस्या हुन्छ ।महिनावारीको समयमा महिलाले विभिन्न कुराहरुमा ध्यान दिनु पर्छ । यसका साथै महिनावारीमा हुने विभिन्न भ्रामक कुराहरुले गर्दा महिलाहरु यो क्रममा बढी सर्तक रहनु पर्छ ।

सामान्यतया, महिनाबारीको क्रममा महिलाहरुले स–साना गल्ति गर्ने गर्छन् । यी हुन् ती गल्तिहरुः

प्लास्टिक अथवा कडा वस्तुबाट बनेको प्याड

बजारमा विभिन्न किसिमका प्याडहरु उपलब्ध छन् । यसका साथै प्रतिस्पर्धा हुनाले विभिन्न ब्राण्डले सस्तो मूल्यमा प्याडहरु बेच्छन् । तर धेरै महिला प्याडको डिटेल नपढिकन प्रयोग गर्छन् । जबकि सधैँ कटनले बनेको प्याडमात्रै प्रयोग गर्नु पर्छ । प्लास्टिकबाट बनेको प्याड हानिकारक हुन्छ । यसका साथै त्यस्ता प्याडको प्रयोगले संक्रमणको खतरा पनि बढ्छ । त्यसैले सधैँ कटनले बनेको प्याड नै प्रयोग गर्नु पर्छ ।

दुखाइ कम गर्ने औषधि

धेरै महिलाहरुलाई महिनावारीको समय पेट दुख्छ, जसलाई कम गर्न उनीहरु दुखाई कम गर्ने औषधि सेवन गर्छन् । यसका साथै बजारमा पनि महिनावारीको क्रममा खानका लागि भनेर विभिन्न पेन किलर उपलब्ध हुन्छन् । तर दुखाई कम गर्नका लागि प्रयोग हुने त्यस्ता औषधिहरु हाम्रो शरीरका लागि हानिकारक हुन्छ । यसको सेवनले हृदयघात, पेटमा ब्याक्टेरियाको खतरा बढ्छ ।

प्याडको लामो समय प्रयोग

लामो समयसम्म प्याडको प्रयोग गर्ने धेरै महिलाहरुको बानी हुन्छ । यसका साथै रगत कम बग्ने हुनाले धेरै महिला एउटै प्याड लामोसम्म प्रयोग गर्छन् । यद्यपि, हरेक ६ घण्टामा प्याड परिवर्तन गर्नु आवश्यक छ । लामो समयसम्म प्याड प्रयोग गर्नाले संक्रमण हुने खतरा बढ्छ ।

पानी कम पिउनु

धेरै महिला महिनावारीको समय धेरै कम पानी सेवन गर्छन् । यसको साथै क्रेभिङका कारण अत्यधिक फास्ट फूड अथवा स्न्याक सेवन पनि गर्छन् । डिहाइड्रेशन हुनाले शरीरमा कम्प अथवा पेट दुख्ने समस्या बढ्छ । यसका साथै पखाला लाग्ने समस्या पनि हुन्छ । महिनावारीको समय पर्याप्त मात्रामा पानी पिउने कोशिश गर्नु पर्छ ।

सेन्ट प्रोडक्ट प्रयोग गर्नु

बजारमा महिनावारीका लागि विभिन्न किसिमका प्रोडक्ट उपलब्ध छन् । जसमा सेनेटरी प्याड बढी प्रयोग हुन्छ । विभिन्न सेनेटरी प्याडमा धेरै सेन्ट हुन्छ । यसले ओडोरको समस्यालाई कम गर्छ भन्ने हामीलाई लाग्छ । तर यो हाम्रो शरीर र छाला दुवैका लागि धेरै हानिकारक हुन्छ । बासना राम्रो होस् भन्नका लागि विभिन्न किसिमको हार्शको प्रयोग गरिन्छ । त्यसैले नन टक्सिक प्रोडक्ट किन्नु पर्छ ।

महिनावारीको समयमा रंगमा ध्यान दिनु

धेरै महिला महिनावारीको समय रगत बढी बग्ने समस्या हुन्छ । यसको साथै प्रायः महिलाले रगतको रंगको बारेमा ध्यान दिँदैनन् । महिनावारीको समयमा आउने रगतको रंगको बारेमा ध्यान दिनु आवश्यक छ । बढी गाढा, खैरो, गुलावी अथवा हल्का रंगको रातो, कस्तो किसिमको रगत बगेको छ ध्यान दिनु पर्छ । असामान्य भए डाक्टरसंग सल्लाह लिनु पर्छ । कस्तो किसिमको रगत हानिकारक हुन्छ र यसको कारण के हो भन्ने बारेमा थाहा हुनु आवश्यक छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending