विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका १० बर्षिय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ । आँखामा जन्मजात मोतिया बिन्दको समस्या भएका कारण टाढाको बस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रस्ट देख्न थालेका छन् ।
मुनाल आदर्शविद्या सदनमा चौथो कक्षामा अध्ययनरत सागरको नेपाल नेत्रज्योति संघको पुर्वान्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत संचालित विराटनगर आँखा अस्पतालले निःशुल्क आँखाको शल्यक्रिया गरिदिए पछि उनको दैनिकी समेत फेरिएको छ ।
सामान्य कृषि पेशामा आवद्ध उनको परिवारलाई उनको आखाँमा समस्या देखिएपछि उनको कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको थियो तर अस्पताल आएर सबैकुरा बताएपछि अस्पतालले नै उनको निःशुल्क शल्यक्रिया गरिदिएको हो ।
सिबिएमको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक पहुँच र पुनर्वास कार्यक्रम अन्तरगतको विद्यालय आँखा र कान जाँचमा आँखा परिक्षण गर्दा सागरको दाहिने आँखामा मध्यम दृष्टि कमजोरी थियो । आँखा स्वास्थ्यकर्मीले उनलाई रिपोर्ट दिई त्यो रिपोर्ट परिवारलाई दिन र नजिकैको आँखा अस्पतालमा परामर्श गर्न भने ।
अरु दिन जस्तै सागर घर पुगेपछि परिवारलाई रिपोर्ट दिए । “रिपोर्ट हेरेपछि हामीले तुरुन्तै आँखा अस्पतालमा ल्यायौं” सागरको आमाले भनिन् “हामीजस्ता सामान्य परिवारलाई बिहान खाएपछि बेलुका के खाने भन्ने हुन्छ, अब छोराको अप्रेशन गर्नुपर्छ भनेपछि कसरी गर्ने भन्ने चिन्ता थियो तर अस्पताल आएपछि यहाँ डाक्टरले सबै उपचार र शल्यक्रिया निःशुल्कमा हुन्छ भने पछि भगवान नै पाए जस्तो भयो ।”
“उसको आँखामा जन्मजात मोतियाबिन्दु भएकाले उसलाई आफ्नो आँखाले कति सम्म प्रष्ट देख्छ कति टाढा सम्मको कुरा पढ्न र देख्न सकिन्छ भन्ने कुरा थाहा नै थिएन जसका कारण उसलाई मेरा आँखामा समस्या छ वा कमजोर छ भन्ने कुरा थाँहा हुने पनि कुरै भएन” सागरको उपचारमा संलग्न नेत्र विशेषज्ञ डा.पवनश्रेष्ठले भने “यहि कारणले हो नियमित रुपमा आँखाको परिक्षण गर्नुपर्छ भनेको कतिपय समस्याहरु यो समस्या हो भन्ने थाहा नपाएरनै बिरामीहरुले समस्यालाई झेलिरहेका छन् ।”
अस्पतालको मेडिकल डाइरेक्टर डा. रक्षापन्त सिटौलाले कुनैपनि नागरिकहरु उपचारबाट बञ्चित हुनु नपरोस भनेर अस्पतालले विभिन्न संघ संस्था र निकायहरुसंगको सहकार्यमा विभिन्न ठाँउहरुमा निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको र अस्पताल आउने विरामीहरु पनिआर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनु नपर्ने समेत बताइन् ।
“उसले हामीलाई वस्तु÷शब्दहरू हेर्न समस्या भएको कुरा कहिले भनेन, समयमै बताएको भएको भए चाँडै उपचार गर्न सकिन्थ्यो । कतै हिँड्दा, पढ्ने, लेख्दा कहिले काहीँ उनलाई कठिनाइ हुने गरेको हामीले पाएका थियौं तर यो समस्यामा हामीले खासै ध्यान दिएनौ, हाम्रो गल्तीले यो अवस्था आयो,’ सागरकी आमाले भनिन् ।
शल्यक्रिया पछि पट्टी खाले पछि सागरले मुस्कुराउँदै भने, “म पहिले भन्दा धेरै स्पष्ट देख्न सक्छु, अब म राती पनि पढ्न, लेख्न र हिँड्न सक्ने छु,’।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: