Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सुनिन छाड्यो असारे भाका

खबरडबली संवाददाता

कास्की । 
‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,
घरमा छैन शितलु वचन, मनमा छैन थिर ।
छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’

लोकगायिका हरिदेवी कोइरालाको स्वरमा रेहेको यस्तै–यस्तै शब्दमा रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने चलन थियो । असारे भाका लोप हुने अवस्थामा पुग्दा पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाकी खिनी तिमिल्सिना निकै चिन्तित छान् । 

शुक्रबार हेमजामा भएको रोपाईं महोत्सवमा खिनी तिमिल्सिना श्वास पु¥याइ–नपु¥याइ असारे भाका गाउन थाले । गीत गाउँदा उनी  एक्लै परे । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारेगीत नसुनिएको खिनीले बताउनुभयो बताइन् । पछिल्ला दिनमा बढ्दो आधुनिकतासँगै असारमा पहिलेजस्तो उल्लास पाइन छाडेको उनको भनाइ छ । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् ।

उमेरले ७१ वर्ष लागेकी उनलाई विमारले छोएपछि केही वर्ष गाउन छाडीन्  । नयाँ पिँढीलाई असारे गीत गाउनै आउँदैन । खिनीलाई असरे भाका हराउँछ की भन्ने साह्रै चिन्ता लाग्छ । त्यसैले आफ्नै ठाउँमा आयोजना भएको महोत्सवमा धोको पुगुञ्जेल गाइन्  । “म बिरामी भएर गाउन सकिनँ”, खिनी तिमिल्सिनाले भनिन्, “मैले छोडेसी अरुले पनि गाउन छाडे खासमा नजानेर रहेछ ।” बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने गर्ने हुँदा असारे गीतको रौनक घटेको उनी बताउँछिन् । पछिल्लो सयममा रोपाइँको क्रममा असारेगीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको उनले बताइन् ।

आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । फेरि उनले  भाका हाल्न सुरु गरिन्।

‘असार मासको छिपछिपे हिलो, छिः मलाई घिन लायो
जेठी र कान्छी नगरे झगडा
कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई बगर
चुधरी चोलियामै सिलाइ दिउँदा बाहुली पसार
पूर्वको ढोका उघारी हेर्दा लाएछ असार’ 

लोप हुने अवस्थामा पुगेको असारे भाका पुस्तान्तरका लागि तिमिल्सिनाले पहल पनि गरिन् । “अरुलाई सिकाउँछु भन्ने त लाग्छ नि सिकाउन पनि तयार छु”, उनले भनिन्, “अहिलेका केटाकेटी माया पिरतीका गीतभन्दा अरु त गीत नै होइन जस्तो गर्छन् ।” संसार छोडेर जाने बेलामा आफूसँग भएको प्रतिभा पुस्तान्तरण गर्ने उनको रहर छ । 

शुक्रबार नै पोखरा पर्यटन परिषद्ले आयोजना गरेको १८ औँ असारे रोपाइँ महोत्सवमा पनि असारे गीत वीरलै सुनियो । महोत्सव हेर्न पुगेका युवायुवती हिलो खेल्न व्यस्त भए पनि उनीहरुलाई असारे गीत, धान रोपाइँ र बिउ काट्ने कुनै चिन्ता थिएन् । त्यही हुलमा पोखरा महानगरपालिका–२८ को काफलघारी आमा समूह भने जानी नजानी गीत गाउन सिक्दै थिए ।

‘वनमा खेल्ने चरा र चुरी माछी त लेउमा 
यो ८० सालको रोपाइँ महोत्सव वियजपुर छेवैमा ।।
माझठानाको टारी बैदामको बारी नामै छ प्रख्यात
आर्वाको घारी रमाइलो गरौँ अहिलेको वर्ष त ।।’

आमा समूहको उद्देश्य पनि हराउँदै गएको असारे भाका जोगाउने भन्ने नै थियो । आमाहरुले जस्तै खाट्टी असारे भाका आफूहरुलाई पनि नआउने काफलघारी आमा समूहकी अध्यक्ष अम्बिका भण्डारीले बताइन् । “असारे गीत पहिलाका बूढाबूढीले जस्तो गाउन जानिँदैन । यो संस्कृति जोगाउनका लागि जानी नजानी गाइएको हो”, उनले भनिन्, “अब आउने पुस्ताका लागि सिकाउन बूढाबूढीलाई भेटेर गाउन लगाएर मोबाइलमा सेभ गरेर राख्ने अनि हामीले सिक्ने छोराछोरीलाई पनि सिकाउने योजना छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending