Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

बुधबार सेयर बजारमा यसरी रह्र्यो उच्च् किर्तिमान

\"nepch-660x330\"अाजकाे नयाँ पत्रिका दैनिकमा सुदीपकुमार ढुंगाना लेख्छन् : काठमाडौं । नेपालको सेयर परिसूचक (नेप्से) सबै कीर्तिमान तोड्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नाफाबाट नगद लाभांश बाँड्न नपाउने र बोनस सेयर दिनुपर्ने गरी निर्देशिका जारी गरेपछि बुधबार नेप्सेले नयाँ कीर्तिमान बनाएको हो ।
सात वर्षअघिको एक हजार एक सय ७५ अंकको कीर्तिमान तोड्दै नेप्से बुधबार एक हजार एक सय ९१ दशमलब ९२ मा पुगेको छ । मंगलबार एक हजार एक सय ५९ दशमलब ९३ अंकमा रहेको नेप्से बुधबार २ दशमलब ७६ प्रतिशत (३१ दशमलब ९९ अंक) बढेपछि नयाँ कीर्तिमान कायम भएको हो ।
१५ भदौ ०६५ मा नेप्से एक हजार एक सय ७५ पुगेको थियो । त्यसपछि नेप्सेमा क्रमश: गिरावट आयो र १६ चैत ०६८ मा दुई सय ९२ को न्यूनतम बिन्दुमा पुगेको थियो । संविधानसभाको दोस्रो निर्वाचनपछि नेप्सेमा निरन्तर सुधार हुँदै आएको छ ।
सकारात्मक दिशामा गइरहेको मुलुकको राजनीति, राष्ट्र बैंकले ल्याएको पुँजी वृद्धिको योजना तथा बुधबार आएको लाभांशसम्बन्धी निर्देशिकाको सम्मिश्रणस्वरूप नेप्सेमा तीव्र वृद्धि भएको धितोपत्र दलाल संघका अध्यक्ष प्रियराज रेग्मीले बताए । बैंकहरूमा पुँजी वृद्धि गर्ने मौद्रिक नीतिको व्यवस्था तथा बिमा कम्पनीहरूको समेत पुँजी वृद्धिको चर्चाका कारण नेप्सेमा वृद्धि आएको नेप्सेका प्रवक्ता शम्भु पन्तले बताए । उल्लिखित कारणका साथै लगानीको अन्य क्षेत्र नहुँदा सेयरबजारमा लगानी बढेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष राजकुमार तिमल्सिनाको भनाइ छ ।
बुधबारको कारोबारमा सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स र ओरिएन्टल होटेल छन् । दुवैको १० प्रतिशत मूल्य बढेको छ । त्यस्तै अन्य १४ वटा कम्पनीको नौ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ । सबैभन्दा बढी कारोबार वाणिज्य बैंकहरूको भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत दुई वर्षभित्रमा चुक्ता पुँजी बढाएर आठ अर्ब पुर्‍याउनुपर्ने बाध्यात्मक अवस्था ल्याएपछि बोनस तथा हकप्रद सेयर आउने आसमा लगानीकर्ता आकर्षित भएको बजारविज्ञहरूको भनाइ छ । लगानी गर्ने वैकल्पिक माध्यम नभएकाले पनि लगानीकर्ता सेयरबजारमा आकर्षित भएको केही लगानीकर्ताको विश्वास छ ।
बुधबार चार हजार चार सय ९७ कारोबारमार्फत एक सय ३९ कम्पनीका १२ लाख २३ हजार १६ कित्ता सेयरको कारोबार भयो । सो दिन नेप्सेमा ६६ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकम र वृद्धिदर दुवै उच्च भएकाले नेप्सेको वृद्धि कृत्रिम नभएको विज्ञहरूको दाबी छ ।
बुधबार नेप्सेका सबै समूहका सेयरको मूल्य बढ्यो । सबैभन्दा बढी होटेल समूहका लगानीकर्ताले कमाए । होटेल समूहको वृद्धि बुधबार ८.६७ प्रतिशतले भयो । त्यस्तै, अन्य समूहको ५.४१ प्रतिशत रह्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending