Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मनाङ एयरको हेलिकोप्टरमा सवार सबैजनाको मृत्यु, शव काठमाडाैं ल्याउने तयारी

खबरडबली संवाददाता

काठमाडौँ । मनाङ एयरको एक हेलिकोप्टर दुर्घटनामा परी सवार सबै ६ जनाकै मृत्यु भएको छ । माउन्टेन फ्लाइटमा गएर काठमाडौँ फर्किँदै गरेको हेलिकोप्टर दुर्घटनामा पर्दा सवार सबै ६ जनाकै मृत्यु भएको हो । 

जसमा एक जना पाइलट नेपाली र बाँकी सबै पाँच जना मेक्सिकोका यात्रु रहेका थिए । हेलिकोप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । उनी हेलिकोप्टर पाइलटमध्ये अनुभवी मानिन्थे ।  मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

No description available.

साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँच जना मेक्सिकाेका नागरिकको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा क्पाप्टेन सीबी गुरुङ र मेक्सिकाेका नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक छन् । प्रजिअ भट्टराईले मृतक सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको बताए । स्थानीयबाट हेलिकोप्टर दुर्घटनाको खबर आउनासाथ सोलुदूधकुण्ड नगरपालिका–२ बेनीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको हाे ।

No description available.

मृतकको शव काठमाडौं लैजनका लागि हेलिकोप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकोप्टर दुर्घटना स्थल पुग्न नसकेको उनकाे भनाइ छ । अल्टिच्युट एयरको दुई हेलिकप्टर अहिले भकान्जे चौरमा अवतरण गराएर राखिएको र मौसममा सुधार हुनासाथ घटनास्थल पुग्ने प्रजिअ भट्टराइको भनाइ छ ।

सोलुखुम्बुको सुर्केबाट बिहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन ९ एनए–एमभी भएको हेलिकोप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो । बिहानैदेखि सो क्षेत्रमा मौसम खराबीका कारण लुक्लाबाट उडेको सुर्के ल्यान्ड गरेको थियो । सुर्केपछि थोप्तेन छोलिङ क्षेत्रमा पनि ल्यान्ड गरेको पाइएको छ । त्यसपछि उडेको हेलिकोप्टर लामजुरा पास क्षेत्रमा आएपछि सम्पर्कविहीन भएको थियो । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending