भाषागत दख्खलता भएका मान्छेहरू नेपाली साहित्यको अध्ययन र अध्यापनमा लागेमा मात्रै नेपाली भाषाको विकास हुन्छ भन्दा संगीत श्रोताको कुन मानसिक तन्तुलाई आहत पुगेछ ? उनको मुतुवा वहसले नेपाली भाषा र साहित्यको विकासलाई टेवा पुर्याउनुको साट्टो नेपाली भाषा र साहित्यलाई स्खलनको बाटोमा लैजाने कुरामा दुईमत नहोला ।अस्तिताका आइमाई तिघ्रा र नितब्मको चित्र बेचेर पैसा कमाउने एउटा पत्रिकामा चल्तीका वाम युवा बुद्धिजीविको आलेख छापिएको रहेछ । अप्रसंगले ढिलागरी पढेँ । आलेख थियो मित्र संगीत श्रोताको । उनले ‘मेधावी विद्यार्थीहरूले नेपाली भाषाको अध्ययन र अध्यापन भन्ने नेपाली साहित्य र समालोचना परम्पराको विकास हुन सक्छ’ भन्ने एक पोखरेलीको कुरालाई राज्यसत्ताको भजनसँग लगेर तुलना गरेका रहेछन् । हुन त प्रजातन्त्रिक अभ्यास भएको ठाँउमा जुनसुकै बिषयलाई आ–आफ्नो जोडकोणले बुझ्न पाईन्छ । तर उनको कुराको उठानमा कुनै प्रकारको प्रासङ्गिताका र संगती नभेटको कारणले यो कुरा लेख्दैछु । नेपाली वामपन्थी भनिएका वुद्धिजीवि र लेखकहरूको मनोरोग के हो भने, उनीहरू सतहको कुरा हेर्छन्, त्यसैमा प्रतिक्रिया गर्छन् अनि ‘रुप र सार’को फुईफुट्टी लगाउँछन् । यो आलेखले छोडेको गन्धको धुप जता बालिएको भए पनि सलाई कोर्ने संगीत श्रोता नै भएकोले उनका लागि केही लेखुँ कि भन्ने लागेर यति लेख्दैछु । उनले नामै नतोके पनि संकेत गरेको पोखरेली मान्छेको चित्र हरेक पोखरेलीको आँखैमा आउँछ । पछिल्लो पटक संगीत श्रोता उनकै अगुवाईमा भएको एक कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्न आएका थिए । संगीत श्रोताले त्यही कुरा सुनेका थिए जुन कुराको बारेमा हामीले धेरै छलफल पोखराका गरेका थियौं । मेधावी विद्यार्थीहरूलाई औपचारिक रुपमा आफ्नो नेपाली बिषय र साहित्य अध्ययन र लेखनमा, समालोचनामा तान्न सकियो भने मात्रै यसको विकास राम्रो हुन सक्छ भन्दा संगीत श्रोता सन्किनु पर्ने कुनै नैतिक र सैद्दान्तिक आधार देख्दिन म । कुनै पनि व्यक्तिको मेधावीपना अर्थात सिर्जनात्मकता भनेको अभियव्यक्तिको प्रखरताबाट मात्रै उत्पन्न हुने हो । साहित्यमा लाग्नेले शब्दमा अभिव्यक्ति गर्ने हो । चित्रकलामा लाग्नेले रङ्गमा । जसरी संगीत श्रोता शब्दमा खेल्न सक्छन्, क्रान्तिकारी चेतना भएकालाई सत्तालिप्सायुक्त -सत्ता र शक्तिको बगलमा लुटपुटिनेलाई क्रान्तिकारी देखाउन सक्छन् , त्यसरी सबैले सक्दैनन् । त्यस्तै भाषागत दख्खलता भएका मान्छेहरू नेपाली साहित्यको अध्ययन र अध्यापनमा लागेमा मात्रै नेपाली भाषाको विकास हुन्छ भन्दा संगीत श्रोताको कुन मानसिक तन्तुलाई आहत पुगेछ ? उनको मुतुवा वहसले नेपाली भाषा र साहित्यको विकासलाई टेवा पुर्याउनुको साट्टो नेपाली भाषा र साहित्यलाई स्खलनको बाटोमा लैजाने कुरामा दुईमत नहोला । ‘नेपालमा नेपाली भाषा र साहित्यमा यो प्रकारको समस्या छ’ भनेर भन्ने मान्छे कसरी राज्यसत्ताको भजनमण्डलीको सदस्य बन्छ ? यहि भाषा र साहित्यले हाम्रो संस्कृतीको विकास गर्छ भनेर त्यसको त्वम् शरणम् गर्ने मान्छे भक्त हुन्छ वा त्यो सत्ताले स्थापित भाषा र साहित्यको विकासले मात्र हाम्रो विकास हुन सक्दैन भन्ने मान्छे सत्ताको पुजारी हुन्छ ? सत्ताको भजनकेन्द्र काठमाण्डौंमा बसेर सरकारी सत्ता वा आफ्नै दलको अनुकम्पामा भजन चुट्का प्रतियोगिता गर्दै हिँड्ने मान्छे प्रगतिशिल हुन्छ कि मोफसलमा बसेर कुनै सरकारी वा दलीय सहयोग बिनै स्वाबलम्भी तरिकाले वाङ्मयीक सेवामा लागेको मान्छे प्रगतिशिल हुन्छ ? अंगे्रजी वा अन्य अन्तराष्ट्रिय भाषाका प्रकाशनहरुको अध्ययन गर्ने, ती भाषामा पनि नेपाली लेखनीलाई लैजानु पर्ने विचार राख्ने मान्छे कुन प्रकारले प्रतिगामी हुँदो रहेछ मैले कदापि बुझ्न सकिन । त्यस्ता मान्छेलाई प्रतिगामी, सत्तालिप्सी र दक्षिणपन्थी बताउने कुन वामगीता प्रकाशन भएको रहेछ, पढ्न मन छ । संगीत श्रोतासँग सिफारिस माग्छु । सुन्नमा र देख्नमा आएसम्म मित्र संगितश्रोता वामपन्थमार्गी नै हुन् रे ! हुन् त नेपालमा वामपन्थी त्यो मात्रै हो जसले वामपन्थी भनिएका पार्टीको र तिनका नेताको सुआर्शिवाद पाएको हुन्छ । वा आशिर्वाद ग्रहण गरेको हुन्छ । म पनि त्यो विचारको लेखनको पथगामी हुँ भन्छु तर त्यस्तो आर्शिवादीय परम्पराको भने होइन । मैले बुझेसम्म संगीत श्रोताले छड्किएर गाली गरेका ती पोखरेली पनि वामपन्थीमार्गी नै हुन् भन्ठान्छु । नारायणको सर्वाधिक ठुलो भक्त कुन भनेर प्रतिस्पर्धा भए झैं कुन ठुलो वामपन्थी भन्ने प्रतिस्पर्धा नेपाल व्यापक चल्छ । संगीत श्रोताको त्यो आलेख त्यही प्रतिस्पर्धाको एउटा शृङ्खला मात्रै हो । तर दुःखको कुरा, हिजो मात्रै ती प्रतिस्पर्धीमा बनाएका पोखरेलीलाई मैले सोधेको थिएँ, दाई तपाई वामपन्थीको रेस कोर्टमा हो ?’ उनी त अनविज्ञ नै रहेछन् । मलाई बताइदिन पनि मन लागेन र घर फर्के । इनोसन्स इज व्लिस भन्छन् । रेसकोर्टमा कहिल्यै नहिडेको मान्छेलाई किन बेक्कार अन योर्क मार्क भन्दिनु ? मित्र संगीत श्रोतलाई ‘तपाईको कुरा भएन तर त्यसमा धेरै सुधार गर्नुपर्ने चिजहरु छन्’ भन्दा उहाँलाई चित्त दुख्न सक्छ । उहाँले जहाँ आस्था राख्नु भएको छ । त्यहाँ आस्था राख्ने मान्छेहरुले बैचारीक मतभेतबाट नै समस्याको हल निस्कन्छ भन्ने कुरामा बिश्वास गर्छ । हामीले ईमान्दारीतापुर्वक भनौँ ,अहिले नेपालमा मुलधारको साहित्य लेखनको अनुयायी कति छन् ? त्यो भन्दा पनि नजिक गएर हेर्ने हो भने प्रगतीवादी साहित्यमा लाग्ने मान्छे कति छन् ? के हाम्रो भाषामा केहि समस्या नै छैन ? अन्यभाषाका पुस्तकहरु पढेर हामी केहि सिक्नु नै पर्दैन ? अन्य भाषाका साहित्यका पुस्तकहरु पढ्नुपर्छ । हाम्रा साहित्यीक पुस्तकहरुलाई अन्यभाषामा पनि प्रकाशन गर्नुपर्छ भन्दा त्यसले नेपाली साहित्यलाई बिस्तारीत बनाउन खोजेको हुन्छ वा अँग्रेजी भाषाको गुलामी गरेको हुन्छ ? बिधि पुर्याउने बिषयमा नामना लम्बेतान भाषण गर्ने नेपाली समिक्षकहरु नेपाली भाषाका समस्याहरु हुन कि हैनन् ? अझ प्रगतीबादी आन्दोलनमा लागेकाहरु त यो भन्दा भयानक रोगले आक्रान्त छन् । पुस्तक नपढेरै पुस्तकको कभरमा रातो नदेखिने बित्तिकै प्रतिगामीलाई मलजल गर्ने खालको पुस्तक भयो भनेर बोल्न हतारो गर्छन् । यो हामी भित्रको समस्या हो कि हैन ? यो समस्याहरुको हल गर्न नेपाली भाषाका ठेकेदारहरुले आँफुलाई अपग्रेड गर्न नसक्नु नै हाम्रो साहित्य बिश्वब्यापीकरण हुन नसक्नुको कारण हो भनेर भन्दा फेरी त्यो मान्छे कसरी प्रतिगामी हुनसक्छ ? हाम्रोतिर अहिलेसम्मका संस्कार भनेको एसएलसीमा राम्रो अंक ल्याएकाहरुले नेपाली बिषय लिएर पढ्दैनन् । अन्य बिषयमा उर्तिण हुने संम्भाबना नदेखे पछि नेपाली बिषय लिएर पढ्ने चलनचल्ती अहिलेसम्म पनि कायम छ । तिनै मान्छेहरुले उत्पादन गरेका हामीहरुले कस्तो खालको ज्ञान हासिल गरेका छौँ । सहजै अनुमान लगाउन सक्छौँ । नेपाली साहित्य लेखनमा लागेको ६० प्रतिशत भन्दा बढि लेखकहरु नेपाली भाषाका बिद्यार्थी हैनन् । हाम्रा समाजमा दुईथरी मान्छेहरु छन् । एकथरी मान्छेहरुलाई नेपाली भाषामा गरिने अध्ययन र लेखनले मात्र नेपाली भाषा र साहित्यको बिकास हुन्छ भन्ने लागेको छ । अर्कोथरी मान्छेहरुलाई अँग्रेजी भाषामा लेखिएका पुस्तकहरुले मात्र बौद्धिक बन्न सकिन्छ भन्ने लागेको छ । यी दुई खाले अतिबाट बच्नका लागि के बिकल्प हुन सक्छ भन्ने कुराको आँकलनबिना कसरी नेपाली साहित्यको विकास र बिस्तार हुनसक्छ मित्र ? के लेखेका थिए संगित स्रोताले ? क्लिक गर्नुहोस् र पढ्नुहोस्
प्रतिकृया लेख्नुहोस्: