काठमाडौं । मिटरब्याजमा पैसा लगाएर मानसिक यातना दिएको आरोपमा १ जना जना पक्राउ परेका छन् । प्रहरीले काभ्रेका ४४ वर्षीय यशु आले मगरलाई पक्राउ गरेको हो । अन्य ३ जना फरार छन्।
सिन्धुपाल्चोक स्थायी घर भई सोल्टिमोडमा एचएन्डबी रिकन्डिसन हाउस सञ्चालन गर्दै आएका ४४ वर्षीय होमनाथ गिरी गत चैत १४ गते आफू बस्ने घरको भुईँ तलामा रहेको वर्कसपमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको थियो। त्यसमा मगरसँग एक वर्षअघि दैनिक एक लाखको एक हजार रुपैयाँ ब्याज लिने तरिकाले ऋण लिएको, सावाँभन्दा बढी ब्याज तिरिसकेको तर लगातार मानसिक टर्चर पाइरहेको उल्लेख थियो।
यस्तै अन्य दुई व्यक्तिको नाम उल्लेख गरेर उनीहरूसँग पनि सावाँभन्दा बढी ब्याज तिरिसक्दा पनि मानसिक यातना पाइरहेको सुसाइड नोटमा उल्लेख छ।
‘मेरो भाइ भरत मैले सबैको तिरी सकेको हाम्रो न त घर न केही छ, तिमी केही पनि दिनु पर्दैन, अनिल भाइलाई जग्गा ९ आना दिएर पनि चेक फिर्ता दिएको छैन। उनकै मिटरवाला पैसाको हिसाबले आज मेरो यो गती भयो, मेरो बच्चा बुबा आमा सबैको बिचली बनाए साथीहरूले, भाइ बच्चा भाउजू आमा बुबाको ख्याल राख्नु दाइ’, सुसाइड नोटमा लेखिएको छ।
अर्का व्यक्ती महेश चापागाईँले आफ्नो नामको खाली चेक लगेर १५ लाख रुपैयाँ लेखी कम्पनीलाई कालो सुचीमा राखेको पनि सुसाइड नोटमा उल्लेख छ।
पक्राउ परेका मगरले गिरी दाजुभाइ रिकन्डिसन सञ्चालन गर्दा चरम आर्थिक संकटमा परेका कारण आफूसँग विभिन्न मितिमा ३२ लाख रुपैयाँ ऋण लिएको बताएका छन्।
मोटरसाइकल बिक्री गर्दा आएको नाफाबाट एक लाखको एक हजार रुपैयाँ ब्याज दिने गरी उनीहरूले ऋण लिएपनि हालसम्म सावाँ र ब्याज गरेर ४ लाख रुपैयाँ मात्र फर्काएको उनले बयानका क्रममा बताएका छन्।
आफूले धरौटीबापत मृतक गिरीको नाममा रहेको बैङ्क खाताको तीन वटा चेक र रिकन्डिसन कम्पनीको नामको एउटा चेक लिएको तर बाउन्स गरेर कतै उजुरी नगरेको पनि उनले उल्लेख गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: