बारा । बाराकाे बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चिनियाँ कम्पनीका जेसिबी र टिप्परसहित चालक नियन्त्रणमा लिएकाे छ । उनीहरुलाई प्रहरीले निजगढबाट नियन्त्रणमा लिएकाे हाे ।
नियन्त्रणमा लिएको जेसिबी र टिप्परलाई भने जिल्ला समन्वय समिति बाराले १ लाख रुपैया जरिवाना तिराएको बताइएकाे छ । निजगढ काठमाण्डौं द्रूतमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निजगढ ४ स्थित बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दैगरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले नयिन्त्रणमा लिएको थियाे ।
नम्बर नभएको अनटेष्ट जेसिबी, प्रदेश २–०३–००१ ख २८३२ र प्रदेश २–०३–००१ ख ४९५७ नम्बरको दुईवटा टिप्परका चालक निजगढ नगरपािलका वडा नम्बर ४ बस्ने वर्ष ४३ का रोहित चौधरी र वर्ष ४४ का वीरवल थारुलाई सोमबार बिहान २ बजे नियन्त्रणमा लिएर जिल्ला समन्वय समिति बारामा बुझाएको थियो।
जेसिबी चालक अन्दाजी वर्ष ४७ का चीनिया नागरिकको भने नाम थर खुल्न नसकेको निजगढ प्रहरीले जानकारी दिएको छ । फास्टट्याक निर्माणको ठेक्का लिएको चीनिया कम्पनीले निषेधित अवधिमा अवैध रुपमा राति उत्खनन गरेको पाइएपछि साधन र त्यसका चालकलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाएको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।
चिनियाँ कम्पनीले भने फास्टट्याकको सर्भिस लेनमा भएको हिलो पुर्न खोलाबाट गिटीबालुवा निकालिएको दाबी गरेको प्रहरीले बताएको छ । वर्षायाममा गरिने उत्खननले बाढी पहिरोको जोखिम बढने भन्दै सरकारले केही वर्ष अघिदेखि असार १ गतेदेखि भदौ मसान्तसम्म खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्न रोक लगाउँदै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: