Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सप्तकाेशी किनारमा दुई समुहबीच भएकाे कुटपिटमा संलग्न तीनजना युवती पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा तीनजना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न  तीजना पक्राउ परेका छन् ।  असार २९ गते दुई समूहबीच विवाद हुँदा निर्घात कुटपिट गर्ने  तीन जनालाई प्रहरीले पक्राउ गरेका हो  । 

सप्तकोशी किनारमा युवतीहरूको दुई समूहबीच भएको झडपमा निर्घात कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एकजनालाई प्रहरीले गत सोमबार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।

फरार रहेका अन्य चारजनामा तीनजनालाई साउन २ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरवाट खटिएको प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डको विशेष प्रहरी टोलीले ईटहरी बजारबाट  पक्राउ गरेको उनको भनाइ छ । घटनामा स्रलग्न अन्य २ जनाको खोजी भइ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

असार २९ गते बेलुकाकोपाँच बजे तिर सुनसरी बराहक्षेत्र नगरपालिकाको वडा नं. ९ को राजाबास टोलस्थित चिहान डाँडाको कोशी किनारमा स्थानीय  मनिषा राई १९ सहित तीनजनालाई कोशी किनारमा बोलाई  पाँच जनाको समुहले तीनैजनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । 

पिडीतले दिएको  जाहेरी दरखास्तको आधारमा  पाँच जना आरोपी मध्य  सुनसरी बराहक्षेत्र– १० प्रकाशपुर भुजेलटोल बस्ने  १९ बर्षीय प्रिति लिम्बुलाई सोही दिन महेन्द्रनगरबाट पक्राउ गरेको थियो । 

प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको बताएको छ ।  उक्त घटनामा संलग्न बराहक्षेत्र– ८  सैनिकटोल बस्ने  १८ वर्षीया दुर्गा राई र  २२ वर्षीया बिनिता उराँउलाई साउन २ गते पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले बताए । 
फरार रहेका थप २ जना आरोपीकोखोजी कार्य भईरहेको  उनको भनाइ छ  ।

सप्तकोशी किनारामा निर्घात कुटपिट गर्ने एक पक्राउ, चारजना फरार

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending