Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

घैंटेसँगै इन्काउन्टरमा परेका घाइते राज भन्छन्, ‘छातीमा तीन राउण्ड गोली लागेपछि कुमार ढले’

\"surinप्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ उर्फ ‘घैंटे’ अवैध चन्दा असुली र गुण्डागर्दीमा चर्चित नाम हो । उनै घैंटेको बिहिबार प्रहरीले इन्काउन्टर गर्यो । उनीसँगै घाइते भएका राज श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ शिक्षण अस्पतालमा उपचाररत छन् । प्रहरीको गोलीबाट घैंटे ढलेपछि बचाउन पुगेका उनीहरु माथि पनि प्रहरीले गोली चलाएको थियो । घाइते अवस्थामा रहेका उनीहरुसँग कुराकानी गर्न निकै कठिन थियो । प्रहरीले सुरक्षा संवेदनशिलता भन्दै बिरामीका आफन्तलाई समेत घाइतेसँग भेट गर्न दिएको छैन । यस्तोेमा खबरडबलीका सुदीप विश्वकर्माले उनै घाईते राज श्रेष्ठसँग छोटकरीमा कुराकानी गरे । घाइते मध्येका सुरिन श्रेष्ठले कुराकानी गर्न असमर्थ रहेको बताएपछि राजसँग कुरा गर्दा गर्दै प्रहरीले खबरडबलीकर्मीलाई बाहिर निकालेको थियो । प्रस्तुत छ, घाइते , घाइतेका आफन्त र प्रहरीसँग कुराकानीको सम्पादित अंश : सम्पादक [caption id=\"attachment_34405\" align=\"alignleft\" width=\"225\"]\"raj राज श्रेष्ठ[/caption] राज श्रेष्ठ घाइते ९ बजे नै दाइ आफ्नो अफिसमा निर्माण व्यवसाय सम्बन्धी काम गर्न हिँड्नु भएको थियो । करिब ११ बजेको हुँदो हो । कुमार दाइ काम सकेर आउनुभयो । दाइको र हाम्रो घर सँगै हो । मैले घरबाट देखिरहेको थिएँ । अफिसबाट खाना खानको लागि आउनुभएको होला । सेतो स्कुटीमा आउनुभएको थियो । आउने बित्तिकै गोली चल्न थाल्यो । दाइको हातमा केही पनि थिएन । हेलमेट पनि राख्न भ्याउनु भएको थिएन । ११ बजे घरको लागि तरकारी पनि लिएर आउनु भएको थियो । छातिमा तीन फायर हानेपछि दाइ ढल्नुभयो । उहाँ त्यहिँ ढल्नुभयो । म भने माथिबाट हेरिरहेको थिएँ ।  गोली चल्न थालेको देख्ने बित्तिकै मेरो दाइ सुरिन श्रेष्ठ उहाँलाई बचाउन जानुभयो । दाइ माथि पनि गोली हानियो । म पनि दाइलाई बचाउन गएको थिएँ । मलाई पनि गोली हानियो । हामीलाई प्रहरीको भ्यानमा हालेर शिक्षण अस्पताल ल्याइयो । मन्दिरा श्रेष्ठ (राजकी आन्टी प्रत्यक्षदर्शी) हाम्रो कस्मेटिक पसल छ । त्यहाँ म छोरीलाई होमवर्क सिकाइरहेको थिएँ । डङ...डङ...गोली चालेको जस्तो आवाज आयो । मेरी दिदिका छोराहरु (घाइते अवस्थामा रहेका दुई सुरेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ) के भयो भन्दै जानुभयो । कुमार लडेको थियो । ठूलो बाबु (सुरेन्द्र) लाई पनि त्यहिँ गोलीले लडाइदियो । सानो बाबु राज श्रेष्ठलाई पनि त्यहिँ लडाइदियो । हामी दिदि र म गयौं । दिदि र मलाई पनि प्रहरीले पेस्तोल निधारमा राखे । मेरी सानी छोरीलाई र मलाई त झण्डै गोली हानिएन । त्यसपछि हामीलाई प्रहरीले सटर भित्र थुनिदियो । के भयो कसो भयो देख्न पाइएन । बाहिरबाट ‘क्यामेरा हाल्यौ, भिडियो क्यामेरा कता छ ?’ भनेर सोधेको आवाज आएको थियो । जबजस्त बाहिर निस्केर हेर्दाे हेर्दा कुमार लडिरहेको देखें । \'झ्याल सबै बन्द गर\' भनेर सबैलाई धम्की दियो । चलचित्रमा जस्तै भयो । सबै कुनाकुनामा प्रहरी थिए । कुमार खाना खानको लागि भनेर आएको थियो रे । तीनैजना लडिरहेका थिए ।  एक छिनमा सबैलाई पुलिसको गाडिमा हालियो । हामी पनि त्यसैमा जान्छौं भन्दा प्रहरीले जान दिएन । त्यसपछि एउटा सेतो कार आयो । एक छिनसम्म त्यहाँ बस्यो अनि हिँड्यो । त्यो भित्र को थियो मलाई थाहा छैन । उसले हानेको गोलीको खोका हामीसँग छ: प्रहरी यसैबीच, प्रहरीले यस घटनालाई नियोजित नभएर आकस्मिकको संज्ञा दिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता प्रकाश अधिकारीले घटना नियोजित नभएको बताएका हुन् । ‘प्रहरी जहिल्यै सुरक्षाको क्रममा खटिने गर्छ । हामीले गुण्डागर्दी नियन्त्रण गर्ने अभियान पनि चलाइरहेका छौं ।’ उनले भने, ‘कुमार घैंटेको प्रकरण दुखद पक्ष हो ।’ उनले हतियारसमेत फेला पारेको बताए । ‘हामीमाथि पनि फायर भएको थियो । गोलीका खोकाहरु छन् । उसले हानेको खोका र हामीले हानेको खोका फरक छ । हामी प्रहरी हौं, भन्दाको अवस्थामा समेत आक्रमण भएको थियो । उपचारको लागि लैजाँदा उनको मृत्यु भएको हो ।’ अधिकारीका अनुसार प्रहरीका दुई असइ र एक जवान पनि घाइते भएका छन् । उनीहरुको बीर अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार घैंटेले चन्दा मागेर हैरान भएपछि धेरै व्यवसायीले देश छाडेको उजुरीसमेत परेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending