Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गुल्मीमा बाँदर आतंक, खेती जोगाउन रुखमै घर

खबरडबली संवाददाता

गुल्मी । गुल्मीमा बाँदर आतंकले सर्वसाधरण आजित भएका छन् । हरेक समयमा लगाएको बाली बाँदरले नष्ट गर्दा आम नागरिक बाँदरबाट है।रानी भएका हुन् । 

देहका हरेक स्थानमा बाँदरले सर्वसाधरणको बाली नोक्सानी देखी लिएर घर भित्र पसेर अन्नपात सबै नष््ट गर्न थालेको छ । बाँदरले हैसानी दिन थाले पछि गुल्मीमा भने स्थानीयहरु रुखमै घर बनाएर बस्न थालेका छन् ।
सुन्दा अचम्म लाग्न सक्छ मानिसले रुखमा घर बनाएर बसे भन्दा । तर गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्बेनी खर्कका ६७ वर्षीय ठानीश्वर न्यौपानेले रुखमा घर बनाएका छन्।

आफूले लगाएको मकै खेती बाँदरबाट जोगाउन निकै मुस्किल भएपछि  रुखमै घाम पानीबाट बच्नका लागि अस्थायी घर निर्माण गरेका हुन् । अग्लो रुखमा अस्थायी टहरा बनाएर बस्दा धेरै परसम्म बाँदर आएको देख्न सकिने भएकाले मकै खेती जोगाउन आफूले रुखमा घर बनाएको उनको भनाइ छ ।

आफू घरमा एक्लै भएको, दुई हलको बारीमा लगाएको खेती जोगाउन निकै कठिन भएकाले रुखमै अस्थायी टहरा बनाएर बाँदर हेर्नु र धपाउनु बाहेकको विकल्प नभएको न्यौपानेले बताए । उमेरले नेटो काट्दै गएको समयमा जेनतेन लगाएको बाली पनि घरमा ल्याउन नपाइने चिन्ताले रुखमा बास बस्नुपरेको उनको गुनासो छ ।

अझै करिब एक महिना मकै बाली जोगाउन रुखमै बास बस्नुपर्ने अवस्था रहेको भन्दै उनले यो अवधिसम्म बाँदर धपाउनका लागि व्यवस्था गरिदिए मात्र आफूहरूलाई सरकार भएको अनुभूति हुने बताए।

यस्तै स्थानीय युवा खिमानन्द न्यौपानेले पनि बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गरिदिने गरेकाले कृषक सधैँ मारमा पर्ने गरेको बताए । यस्तै समस्याका कारण खेती योग्य जमिन बाँझो हुन थालेको र बसाइँसराइँ गर्नु बाहेकको बिकल्प नभएको न्यौपानेको भनाइ छ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले कृषकले लगाएको अन्नबाली जंगली जनावरबाट जोगाउन समस्या भएको बताए। तत्कालका लागि गाउँटोलका स्थानीय मिलेर बाँदर धपाउनु बाहेकको विकल्प नभएको  पनि उनको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending