काठमाडाैं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा न १०मा भएकाे विद्युतीकरणमा अनियमितता भएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा खाेटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख संजीव साह, वडा अध्यक्ष दामोदर धमला र इन्जिनियरसहित १० जनाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हाे ।
सिद्धिचरण नगरपालिका वडा नम्बर १० मा विद्युत पोल, तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हाे ।
आयोगले धमलासहित पाँच जनालाई करिब पाँच लाखको विगो दाबी र कैद जरिवाना दुवैको माग गरेको छ । उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमला र प्रमुख प्रशासकीय अधिकृत खतिवडाबिच सम्झौता भएकोमा उक्त योजनामा नेपाल विद्युत प्राधिकरण ओखलढुंगाबाट निशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामाग्रीहरु वईजल एसीएसआर कन्डक्टर, स्टिल ग्यालभनाईज पोल, स्याकल इन्सुलेटर डि आइरन सेट, पिन ईनसुलेटर स्पिन्नडल सामानहरु लिई सोही सामाग्रीलाई नमामी सप्लायर्स लहानको भ्याट बिल आयोजना सुरु हुनुभन्दा अघिको मिति राखी खरिद गरेको भनेर फर्जी बिल बनाइएको थियो ।
साथै काम सम्पन्न भएको सिफारिस पनि फर्जी बनाई वडाध्यक्ष धमालाले भुक्तानीका लागि नगरपालिकामा दबाब दिएको स्थानीयको भनाई छ । जानकारहरुका अनुसार नगरपालिकासँग सुरुवाती सम्झौता गर्नु पर्नेमा आधा काम सम्पन्न भएपछि मात्रै सम्झौता गरिएको थियो । नगरपालिकासँग भएको सम्झौता अनुसार १४ लाखको योजना रहेकोमा करिब पाँच लाख रकम भ्रष्टाचार भएको देखिएको छ ।
नेकपा एमालेबाट वडा नं.१० मा निर्वाचित भएका धमलाको डिजाइनमा यस्तो कार्य भएको आरोपीहरुले बताएका छन् । स्थानीयलेसमेत पटक–पटक बजेट हिनामिना भएको भन्दै नगरपलिकामा लिखित तथा मौखिक रुपमा उजुरी दिदै आएका थिए । नगरपालिकाले भने राजनीतिक आडमा उनीहरुको कुनै सुनुवाई नगरेको स्थानीयको गुनासो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: