Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

विश्वप्रकाशको दाबी : सरकारले भ्रष्टाचार फाइल कांग्रेसकै तागतले खोलियो

शेखरलाई प्रतिप्रश्न :अरु दलको बारे नबोल्नु कहिले भने ?

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले भ्रष्टाचार फाइल कांग्रेसकै तागतले खोलेको बताएका छन्। 

पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार सम्बोधन गर्दैै शर्माले भने, ‘सरकारले फाइल खोल्दै गर्दा तागत दिने र सशक्तीकरण गर्ने काम हामीले गरेका हौँ।’

उनले भ्रष्टाचार आरोपमा कुनै ‍नेताहरू पर्नु स्वाभाविकै रहेको बताए। उनले भने, ‘कानुन बनाउँदा कांग्रेसका नेतालाई नलाग्ने भन्ने त हुँदैन। हामीले बनाएको कानुनमा हाम्रै नेताहरू पर्नुभयो भने हामीले कानुन कमजोर बनाउन खोजेनौँ भनेर बुझ्नुपर्छ।

महामन्त्री शर्माले कांग्रेसले गरेको कर्म जनतामाझ बुझाउन सक्नुपर्ने बताए। उनले पार्टी बैठकमा आलोचनाका विषय थुप्रै आएकाले महामन्त्रीमध्ये आफू जेठो भएकाले केही भन्नैपर्ने बताए।

शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा अन्य दलबारे नबोल्नु नभनिएको स्पष्ट पारेका छन्। आज केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै उनले अन्य दलको बारेमा धेरै विश्लेषण नगर्न भने पनि फिकिक्कै नबोल्नु नभनिभएको बताए।

उनले जवाफ दिने क्रममा कांग्रेसमा केही नवीनता आवश्यक परेको बताएका छन्। उनले पार्टी चलायामान बनाउन हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुनुपर्ने जवाफ दिए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending