Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

हर्क साम्पाङलाई अदालतलाई निजी जग्गामा जबरजस्ती वृक्षरोपण नगर्न आदेश

खबरडबली संवाददाता

काठमाडौँ। उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई वृक्षरोपणका नाममा जवरजस्ती नगर्न आदेश दिएको छ। 


धरान उपमहानगरपालिका ४ छोटीमोरङस्थित रोजिना अधिकारीको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिका र मेयर साम्पाङलाई उच्च अदालत विराटनगरले बिहीबार अन्तरिम आदेश दिएको हो। 

धरान १ का पुर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमति रोजिनाले आफ्नो निजी जग्गामा मेयर साम्पाङ नेतृत्वको टोलीले जवरजस्ती वृक्षरोपण गरेको भन्दै रिट हालेकी थिइन्। 

रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलाशले मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकको नाममा दर्ता भएको किता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृतप्रवेश र वृक्षरोपण नगर्नु, नगराउनु भनेको हो। 

निवेदक अधिकारीको नाममा धरान बाँझगरा गाविस ९ ९ग० कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनीपूर्जा प्रतिलिपीबाट देखिएकोले कानुन बमोजिम अन्यथा नभएसम्म उनको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारका रुपमा रहने आदेशमा भनिएको छ। 

मेयर साम्पाङले यसअघि दुई पटकसम्म सर्दु जलाधार क्षेत्रमा पर्ने छोटी मोरङ डाँडामा वृक्षरोपण गरेका थिए। 

त्यही क्रममा पूर्ववडाअध्यक्ष अधिकारीकी श्रीमती रोजिनाको नाममा भएको जग्गामा पनि वृक्षरोपण गरिएको थियो। उक्त क्रममा दुई पक्षबीच झडपकोअवस्था भएको थियो। 

पूर्ववडाअध्यक्ष अधिकारीले छोटीमोरङमा होटल चलाएका छन्। त्यहीँ उनले प्याराग्लाइडिङ कम्पनी खोलेका छन्। प्याराग्लाइडिङको टेकअपस्थल त्यहीँ छ। मेयर साम्पाङको नेतृत्वमा टेकअपस्थलमा विरुवा रोपिँदा झडपको अवस्था भएको थियो। 

छोटीमोरङ डाँडा सट्टाभर्ना दिइसकेको सर्दु जलाधार क्षेत्रमा परे पनि लगतकट्टा नगरिँदा बेचबिखन भएको थियो। 

त्यस प्रकरणमा सर्वोच्च अदालतमा सट्टाभर्ना दिएको प्रमाण पेश नहुँदा जग्गाधनीकै हकभोग कायम हुने फैसला भएको थियो। 

यसमा सट्टाभर्ना दिएको प्रमाण आएपछि पुरानो फैसला उल्टाउँदै सर्वोच्चले जग्गा रोक्का राखेको छ। तर सर्वोच्चको पूर्ण इजलाशबाट अन्तिम फैसला नहुँदै मेयर साम्पाङले बलपूर्वक वृक्षरोपण गरेको भ्दै रिट परेको थियो। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: