कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाविसमा पर्ने झर्नाखोलामा स्थानीय बासिन्दाले श्रमदान गरी बनाएको काठको पुल बाढीले बगाएपछि करिब दुई सय पचास विद्यार्थी प्रभावित भएका छन् । बाढीले बेल्डाँडी–बेलौरी जोड्ने पुल बगाँउदा सो क्षेत्रका विद्यार्थी समस्यामा परेका हुन् । पुल बगेपछि खोलामा बाढी आएका बेला विद्यार्थीले घरमै बस्नुपर्ने अवस्था सृजना भएको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर सिंहले बताए । खोलामा रहेको पुल बगेपछि २५० भन्दा बढी विद्यार्थी प्रत्यक्ष मर्कामा परेको उनले बताए । पक्की पुल निर्माणका लागि गाविस, जिविस लगायतका निकायमा पुगे पनि पुल निर्माण हुन नसक्दा बालबालिकालाई विद्यालय पढाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घबहादुर शाहले बताए । बगाएको पुल निर्माणका लागि विद्यालयले सामुदायिक वनलगायत यहाँका निकायसँग समन्वयको प्रयास गरिरहेको जनाए पनि लगातारको वर्षाका कारण पुल निर्माणको कार्य अगाडि बढ्न सकेको छैन । बेल्डाँडी–९ र बेलौरी नगरपालिका–१२ का स्थानीयवासीले समेत सो स्थानमा पुल नभएका कारण समस्या खेप्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: