Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

राप्रपा नेपाल जनदबाब र जनआन्दोलनको बाटोबाट अघि बढ्छ : कमल थापा

खबरडबली संवाददाता

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भावी रणनीति जनदबाब , जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् । 

शुक्रबार जिल्ला समिति काठमाडौँद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य नभई देशले भोग्नु परिरहेको विद्यमान समस्याको समाधान ननिस्कने समेत दाबी गरे । 

उनले राष्ट्र निर्माणको फरक विचार र बाटो तय गर्दै वैकल्पिक शक्तिको रूपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत व्यक्त गरे ।

संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग, धर्मपरिवर्तनको डढेलो, लोकतन्त्रको नाममा व्याप्त सर्वसत्तावाद र बाह्य शक्तिको तिव्र चलखेलबाट मुलुक आक्रान्त भएको भन्दै थापाले सडक संघर्षमा आउने सबै राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरुसँग एकता र सहकार्य हुनसक्ने बताए । 

प्रशिक्षणमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जनताको विश्वास जितेर राप्रपा नेपाल एउटा भरपर्दो वैकल्पिक शक्ति बन्न सक्ने सम्भावना रहेकोले सबैलाई समेटेर जनताको माझ जान आग्रह गरे । 

कार्यक्रममा राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला, सहमहामन्त्री तथा राष्ट्रिय खेलकुद संगठनका अध्यक्ष दमन बस्नेतले संगठन र खेलकुद सम्बन्धी धारणा राखेका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending