Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

करार शिक्षक र कर्मचारीलाई स्थायी नगर्न स्ववियुको माग

खबरडबली संवाददाता

काठमाडौँ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले करारमा कार्यरत शिक्षक र कर्मचारीलाई स्थायी नगर्न आग्रह गरेको छ । उसले त्रिविमा आवश्यक शिक्षक र कर्मचारी सेवा आयोगमार्फत नै पदपूर्ति गर्नुपर्ने बताएको छ ।

स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै सेवा आयोगमा पदाधिकारी नभएका बेला करार कर्मचारी र शिक्षकलाई आन्तरिक मूल्यांकनका नाममा स्थायी गर्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएका छन् ।

यस्ता क्रियाकलापले त्रिविको शैक्षिक गुणस्तर र छविमा ह्रास आउने स्ववियुले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘त्रिवि सेवा आयोगबाट भएका विज्ञापनबाट शिक्षक कर्मचारी नियुक्ति गर्ने प्रक्रियामा पहल नगर्नु र अर्कोतिर त्रिवि ऐन, नियम विपरीत करारमा रहेका शिक्षकरकर्मचारीलाई स्थायी नियुक्ति गर्नु सत्ता शक्ति र पदको दुरुपयोग गर्नु हो’, ओझाले भनेका छन् ।

स्ववियुले प्रतिस्पर्धात्मक बाटोबाट त्रिवि सेवा अयोगमा प्रवेश गर्न योग्य जनशक्तिलाई निरुत्साहित गर्ने र विश्वविद्यालयको शैक्षिक गुणस्तर धरासायी बनाउने काम नगर्न पनि स्ववियुले खबरदारी गरेको छ ।

सेवा आयोगबाट पदपूर्ति नगरी आंशिक करार हुँदै स्थायी गराउने परीपाटीले आर्थिक चलखेल तथा राजनीतिक पूर्वाग्रहपूर्ण ढंगले शिक्षक र कर्मचारी भर्ती हुने स्ववियुको भनाइ छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending