Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

मेस्सीलाई फाबेको मियामी

खबरडबली संवाददाता

काठमाडौँ। विश्व विजेता लियोनल मेस्सी अहिले अमेरिकामा छन्। अमेरिकी टिम इन्टर मियामीका लागि अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेस्सीले ३ खेलमै पाँच गोल गरेका छन्।

लिग कपअन्तर्गतका तीनवटा भिडन्तमा मेस्सीले गोलसंख्या ५ पुर्‍याएका हुन्। बिहीबार बिहान भएको लिग कपको अन्तिम १६ प्रवेशका लागि भएको खेलमा मेस्सीले २ गोल गरे। 

ओर्नाल्डो सिटीविरुद्ध उत्रिएको इन्टर मियामीले मेस्सीकै प्रेरणामा ३-१ को सहज जित निकाल्दै अन्तिम १६ को यात्रा पक्का गरेको हो। 

इन्टर मियामीका लागि मेस्सीले खेलको सातौँ मिनेटमा रोबर्ट टेलरको पासमा गोल गरे। त्यसपछि खेलको १७ औँ मिनेटमा ओर्नाल्डोका लागि सेसर आर्युजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा खेलको ५१ ओँ मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीबाट गोल गर्दै मियामीलाई २-१ को अग्रता दिलाए।

मियामी त्यतिमै रोकिएन। खेलको ७२ औँ मिनेटमा जोसेफ मार्टिनेजको पासमा मेस्सीले गोल गर्दै अग्रता ३-१  मा पुर्‍याए।अब लिग कपको अन्तिम १६ मा हुने भिडन्तमा इन्टर मियामीले एफसी डल्लाससँग प्रतिस्पर्धा गर्ने छ।

मेस्सी आवद्ध हुनुअघि लगातार खराब प्रदर्शनबाट गुज्रिएको इन्टर मियामीले पनि लय समातेको छ। लगातार तीन खेलमा जित निकालेपछि मियामीमा नयाँ जोश भरिएको छ। 

मेस्सीले यसअघि लिगकपकै दोस्रो खेलमा व्यक्तिगत २ गोल गर्दै एटलान्टा युनाइटेडविरुद्ध मियामीलाई ४-० को एकपक्षीय जित दिलाए।

त्यसअघि जुलाई २१ मा मेस्सीले डेब्यु गरेको खेलमा इन्टर मियामी २-१ ले विजयी भयो। खेल १-१ गोलको बराबरीमा सकिने अवस्थामा मेस्सीले इन्जुरी समयको अन्तिम क्षणमा फ्रि किकबाट मियामीलाई जिताएका थिए। 

यस अघि मेस्सी फ्रान्सको पीएससीमा आबद्ध थिए। तर फ्रान्स बसाइ सुखद रहेन। उनको टिमले च्याम्पियन लिगमा नमिठो हार व्यहोर्यो। पीएससी र मेस्सीबीच तनाबमै बित्यो।

लामो समय बार्सिलोनामा रहेका मेस्सी बाध्यताबस पीएससी गएका थिए। बार्सिलोनामा आर्थिक अभाव खड्किएपछि उनी बस्न नसक्ने भए।

एककिसिमले बार्सिलोना मेस्सीको घरेलु टिमझैँ थियो। बार्सिलोना रहँदा मेस्सीले लालिगा, कोपा डेरे समेत जिताए। त्यसो त, मेस्सी हिँडेपछि बार्सिलोनाको समेत गेम खच्कियो

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending