काठमाडौँ। भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा शुक्रबार गएको पहिरोमा परी एकै परिवारका सात जना नेपाली बेपत्ता भएका छन्।
पहिरोमा जुम्लाको पातारासी गाउँपालिकाका वडा नम्बर २ र ३ का १२ जनाभन्दा बढी बेपत्ता भएको खबर आएको गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले टेलिफोनमा बताइन्। उनका अनुसार ३ नम्बर वडाका बोहोरा परिवारका सात जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा पतिपत्नी र उनीहरूका तीन छोरी र दुई छोरा छन्।
रोकायाले २७ वर्षका उम्मिद बोहोरा, उनकी पत्नी अनिता बोहोरा तथा छोरीहरू ११ वर्षीया सलिना बोहोरा, ९ वर्षीया पिंकी बोहोरा, ६ वर्षीया सलिना बोहोरा, चार वर्षीय छोरा जर्तिल बोहारा र १४ महिनाका छोरा वकिल बोहोरा बेपत्ता भएको खबर आएको जानकारी दिइन्। अन्य बेपत्ताको विवरण आउन बाँकी रहेको उनले बताइन्। उनले भनिन्, ‘२५ जना पहिरोमा बेपत्ता भएको खबर आएको छ। १२ जनाको पुष्टि भएको छ।’
बेपत्ता भएका अधिकांश मानिस होटल व्यवसायमा संलग्न रहेको रोकायाले जानकारी दिइन्। अविरल वर्षाका कारण गौरीकुण्ड पोस्ट पुलनजिकैको पहिरोले तीन पसलमा क्षति पुर्याएको छ।
भारतीय सञ्चारमाध्मका अनुसार रुद्रप्रयागका प्रहरी उपरीक्षकले बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको जनाएका छन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी घटनाबारे जानकारी लिएको बताइएको छ। ‘हिजो राति १३ जना बेपत्ता भएको जानकारी पाएका थियौँ, खोजी कार्य भइरहेको छ आवश्यक सहयोग गरिरहेका छौँ,’ मुख्यमन्त्री धामीले भनेका छन्, ‘बेपत्ता भएकाहरूको आफन्तलाई पनि सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ। उद्धार कार्य गरिरहेका छौँ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: