काठमाडाैं । चार दिनदेखि जारी माओवादी केन्द्रको बैठकमा पार्टीको प्रदेश समिति खारेज हुनुपर्ने माग उठेको छ । पार्टीले प्रदेश समितिलाई ‘पंगु’ बनाएको र कार्यकारी भूमिका नदिएकाले समिति खारेज हुनुपर्ने माग उठेको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक एवं सांगठनिक प्रतिवेदनमा शनिबार आफ्नो सुझाव राख्ने क्रममा कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले पार्टीको प्रदेश कमिटी खारेज गर्नुपर्ने माग गरेका हुन् ।
चार दिनदेखि जारी माओवादी केन्द्रको बैठकमा २२ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरिए पनि त्यसमा प्रदेश समितिसँग कुनै सल्लाह, सुझाव वा आवश्यक समन्वय पनि नगरिएपछि कोशी प्रदेशका अध्यक्ष नेम्वाङले प्रदेश समिति खारेज गर्नुपर्ने माग नेतृत्वसमक्ष गरेका हुन् ।
नेम्वाङ जस्तै अन्य प्रदेशका नेताका गुनासो पनि त्यस्तै रहेकाे छ । पार्टी केन्द्रीय समितिले प्रदेश कमिटीको कुनै निर्णय कार्यान्वयन नगर्ने र आफू खुसी गरिरहेकाले प्रदेश समिततिको आवश्यक्ता, औचित्यमाथि नै प्रश्न उठेको उनीहरुकाे भनाइ छ ।
पार्टीले प्रदेश समितिलाई कार्यकारी समितिका रूपमा अगाडि बढाउने नीति लिए पनि नेतृत्वले व्यवहारमा त्यसलाई कार्यान्वयन नगरेको गुनासो नेताहरूले गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: