काठमाडौँ। एएफसी कप लिग च्याम्पियनले खेल्ने लिग हो। तर यसपटक मच्छिन्द्रले एएफसी खेल्दैछ। तपाईंलाई लाग्ला, मच्छिन्द्र लिग च्याम्पियन होइन।
यसपटक एएफसी कप उसैले खेल्दैछ। साच्चै हो, चर्च ब्वाइज लिग च्याम्पियन भए पनि मच्छिन्द्रले खेल्ने अवसर पाएको हो। भोलि मछिन्द्रले प्रारम्भिक खेलमा भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
खेलअघि पत्रकार सम्मेलनमा मच्छिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले आफ्नो टिम पारोविरुद्ध खेल्नका लागि पूर्ण रूपमा तयार रहेको बताए।
“हाम्रो तयारी पूरा भइसकेको छ । हामी पारोविरुद्धको खेलका लागि तयार छौँ । कमजोर पक्षमा सुधार गर्नका लागि हामीले नयाँ खेलाडीसँग सम्झौता गरेका हौँ,” केसीले भने, “र, हामी पारोविरुद्ध प्रयोग गर्नेछौँ । हामी विपक्षीहरूलाई सम्मान गर्छौँ र राम्रोसँग अध्ययन गरेका छौँ । उनीहरू विदेशी खेलाडीमा बढी निर्भर छन्।”
मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले आफूहरूको प्रशिक्षण राम्रो रहेको र टिमको सम्पूर्ण तयारी पूरा भएको बताए ।
“हाम्रो तयारी मौसम र वर्षाका कारण ढिलो सुरु भयो। तर, हामीले नयाँ खेलाडी अनुबन्ध गरेका छौँ र उनीहरूले राम्रोसँग प्रशिक्षण गरिरहेका छन्,” श्रेष्ठले भने। पारोका मुख्य प्रशिक्षक पुष्प लामा शर्माले नेपाली राष्ट्रिय टोलीका खेलाडीसहित मच्छिन्द्र राम्रो टोली भएको बताए।
उनले आफ्नो टिमले बलियो प्रतिद्वन्दिता प्रस्तुत गर्ने अपेक्षा गरिएको उल्लेख गरे ।
“हामीले लिगका तीनवटा खेल खेलेका छौँ र पूर्ण रूपमा तयार छौँ । मच्छिन्द्र राम्रो टोली हो र हामी उनीहरूलाई सम्मान गर्छौँ । आशा छ, हामी अर्को चरणमा प्रवेश गर्नेछौँ,” शर्माले भने ।
पारोका कप्तान किन्ले वाङ्चुकले आफूहरू मच्छिन्द्रविरुद्धको खेलमा केन्द्रित भएको बताए । “हाम्रा केही खेलाडीहरूलाई यहाँको मैदान र अवस्था राम्ररी थाहा छ । हामी त्यसको फाइदा उठाउने आशा गर्छौँ । हामी अहिले मच्छिन्द्रविरुद्ध पूर्ण रूपमा केन्द्रित छौँ । त्यसपछि मात्र हामी अर्को चरणको बारेमा सोच्न सक्छौँ,” वाङ्चुकले भने ।
पारो भुटानी लिग च्याम्पियन बन्दै एएफसी कप छनोटका लागि आएको हो। मच्छिन्द्रले भने सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग एएफसी लाइसेन्स नभएका कारण मौका पाएको हो।
मच्छिन्द्र र पारोबीचको खेल काठमाडौंको दशरथ रंगशालामा बेलुका ५ः३० बजे सुरु हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: