काठमाडौँ। स्टाइकर विमल घर्ती मगरको सानदार प्रर्दशनबाट मछिन्द्र क्लवले एएफसी कप छनोटमा भुटानी क्लब पारोलाई स्तब्ध पारेको छ।
पारो एफसीलाई ३-२ को रोमाञ्चक जित निकाल्दै मछिन्द्रले दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टसँगको खेल पक्का गरेको छ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा मंगलबार मछिन्द्रलाई जित दिलाउन विमल घर्ती मगर, आयुष घलान र अोलावाले आफिजले समान एक गोल गरे। पारोका लागि इभन्स असान्तेले सम एक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो।
खेलको आठौं मिनेटमा मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठबाट आत्मघाती गोल हुँदा पारोले अग्रता लिएको थियो। यशी दोर्जीले दिएको पासमा काजुओको प्रहारलाई विशालले बचाउने प्रयास गरे पनि उनको हातमा लाग्दै बलले जाली चुमेको थियो।
पारोको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन १२अौं मिनेटमा आयुषको क्रमलाई विमलले हेडरमार्फत गोल गर्दै मछिन्द्र खेलमा फर्किएको थियो।
तीन मिनेटपछि नै विमलले पेनाल्टी बक्स भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गर्दै मछिन्द्रलाई २-१ ले अगाडी बढाए।
३९अौं मिनेटमा ओमोलाज करिमको क्रसलाई आफिजले हेडमार्फत गोल गर्दा मछिन्द्रले पहिलो हाफमा ३-१ को अग्रता लियो।
७१अौं मिनेटमा असान्तेले गोल गर्दै पारोलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्न बन्न सकेन।
९०अौं मिनेटमा असान्टेको क्रसमा काजुअोकले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहारलाई मछिन्द्रका गोलकिपर विशालले बचाउँदा पारोले बराबरी गर्ने अवसर गुमायो।
इन्ज्युरी समयमा आशिष चौधरीले मिलाइ दिएको बललाई विमलले पोस्टको दिशा दिन नसक्दा खेल ३-२ को स्थितीमा सकियो।
मछिन्द्रले अब दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । खेल साउन ३१ गते कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: