Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

माँझी चलचित्र नहेरे चुकचुकाउनु पर्छ

\"Manjhiकाठमाडौं । ‘बहुत बडा है तु ?, बहुत अकड् तोहरा में ? देख् ! देख, कैसे उखड्तेँ है अकड् तेरी ।’ प्रिय मान्छेको मृत्यु कुनै कारणले किन नहोस । त्यो जो कसैलाई सह्यि हुँदैन । मानिसले त्यसको बदला लिएरै छोड्छ । त्यो जति सुकै ठूलो किन नहोस् । त्यो जति सुकै अक्कड किन नहोस् । जबरजस्ती त्यसलाई छिनाल्ने प्रयत्न गर्छ र गरिरहन्छ । तर त्यो बिरलै देखिन्छ । र त्यो कतिसम्म चल्ला ? एक वर्ष ? दुई वर्ष ? तिन या चार वर्ष ? त्यति मात्रै होइन, लगातार बाइस बर्ष चल्छ । त्यो पनि यति सान्दार कि सबै फिल्म ‘माँझी’मा बयान गरिएको छ । के छ र त्यस्तो फिल्म ‘माँझीमा’ ? फिल्ममा एउटा वास्तविक घटनामा आधारित कथा छ । २२ बर्ष देखि निरन्तर एउटा चट्टान फोडेर गोरेटो बनाउने मानिसको कथा छ । दशरथ माँझीको कथा । फिल्मको पात्र दशरथ माँझी भारतको बिहार राज्यको एउटा गरिब मजदुर परिवारको व्यक्ति हो । भारतको बिहार राज्यको एउटा बिकट बस्ती गहलुरमा उसको परिवार बसोबास गरिरहेको हुन्छ । एकदिन  दुर्घटनामा परेर उसकी श्रीमती फगुनी सिकिस्त बिरामी हुन्छिन् । उपचारका लागि नजिकै कतै पनि अस्पताल हुँदैन । अस्पताल भएको ठाउँ बस्तीभन्दा ३४ माईल अर्थात करिब ५५ किलोमिटर टाढा छ । बस्तीको नजिकै चट्टानै चट्टानले बनेको अजंगको पहाड हुन्छ । जसका कारण बस्तीमा कुनै पनि शहरीया सुविधाहरु उपलब्ध हुँदैनन्  । दशरतले फगुनीलाई अस्पताल पुर्याउछ तर उसलार्इ जाेगाउन सक्दैनन् डाक्टरहरू । त्यस बस्तीमा राज्यकाे कुनै निगाह पुगेकाे हुँदैन । \"manjhiप्यारी श्रीमती फगुनीको मृत्यू भएपछि दशरथलाई त्यो अजंगको पहाडसँग रिस उठ्छ । उसलाई राज्य, नागरिक, तिनिहरुको सम्बन्ध, दायित्व र अधिकार कुनै चिजको पनि चेतना हुँदैन । त्यो पहाड जसले गर्दा फगुनीको उपचार गर्न पाउँदैन र मृत्यु हुन्छ । त्यो पहाड फुटालेर बाटो बनाउने निर्णय लिन्छ दशरत । छिना र हम्बर बाेकेर दशरथ पहाड तिर उक्लिन्छ र दृढ प्रण र अदम्य साहस पोखेर उसले बस्तीलाई सहरसँग जोडिदिन्छ । निरन्तर २२ वर्षदेखिको उसको सपना एकदिन उ आफैले साकार बनाउँछ । त्यतिमात्रै होइन, एउटा देशमा एकजना नागरिकले २२ बर्षसम्म एक्लैले त्यत्रो पहाड खनिरहँदा पनि राज्य मुखदर्शक बनि रहने लज्जास्पद् पाटोलाई समेत  प्रहार गरिएकाे छ फिल्म मार्फत । बाटाे बनाएकाे दिन उसले संसार जित्छ । प्राण प्यारी फगुनी झैँ कसैले उपचार गर्न शहर नपाएर ज्यान गुमाउनु पर्दैन ।  र अन्ततः उ बस्तीको आउँदो पुस्तालाई जिवन दिन्छ । दशरथ ७३ बर्षको उमेरमा गल बलाडरमा भएको क्यान्सरका कारण मर्छ । \"Manjhiकलाकार नवाजुद्दीन सिद्धिकीलाई ‘ग्यांग अफ वासेपुर’मा खेलाएर सफलताको स्वाद चखाईसकेका निर्देशक केतन मेहेता निर्देशित वास्तविक घटनामा आधारित फिल्म ‘माँझी’को सुरुवातमै छ माथि उल्लेखित डाइलग । अनि छ एउटा नारा । ‘सान्दार, जबरदस्त, जिन्दावाद ! नवाजुद्दिन सिद्धिकी बलियुड सिने नगरिमा नयाँ कलाकार त होइनन्, तर खासै पुराना पनि होइनन् । अभिनयमा बेजोड प्रस्तुती नवाजुद्दिनको परिचय हो । उनै नवाजुद्दिन् कथाको मुख्य भूमीमा छन् । प्रेम कहानीमा आधारित एउटा ग्रामिण भेगको गरिबिलाई बिषयबस्तु बनाइएको फिल्ममा उनले गरेको अभिनय बेजोड मात्रै छैन, मनमा कम्पनता र दिमागमा हलचल मच्चाउने खालको छ । माँझीकी श्रीमती फगुनीको भूमिकामा पुनेकी राधिका अाप्टे छिन्  । उनको अभिनय पनि फिल्ममा निकै प्रशंसा गर्न लायक छ । माँझी चट्टान फुटाउँदा थाकेर सुतिरहेको बेला फगुनी सपनामा आएर हौसला प्रदान गरिरहेकी हुन्छिन् । मुखियाको भूमिकामा देखिएका तिगमान्सु धुलियाको अभिनयमा पनि खोट लगाउने ठाउँ जबरजस्ती नै खोज्नु पर्छ । त्यस्तै पत्रकारको भूमिकामा देखिएका गौरव दि्वेदी पनि सम्झीन लाएक पात्र हुन् । \"nawazuddin-radhika-manjhi-4\" भारतको ग्रामिण समाजको कथालाई बोलेको फिल्मले असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने पाठ सिकाएको छ । वर्ग बिभेदको इन्टेन्सनमा फिल्म नबनाइए पनि समाजको बर्ग विभेद र जातिय संकुचित पनालाई समेत फिल्ममा सान्दार ढंगले प्रस्तुत गरिएको छ । ट्रेलर हेर्नुहाेस : https://www.youtube.com/watch?v=I9KAoTQlEWs  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending