बैतडी । बैतडीको सतबाँझस्थित सुक्खा फलफूल विकास केन्द्रको नर्सरीमा बिउका लागि ४५ हजार ओखरको दाना रोपिएका छन् । ओखरको बिजु बिरुवा उत्पादनका लागि दाना राख्ने कार्य सुरु भएको हो ।
२०१९ मा स्थापना भएको सतबाँझ बागवानी कुनै बेला रेड डेलिसियस नामको स्याउका लागि प्रसिद्ध थियो । जलवायु परिवर्तनलगायतका कारणले रेड डेलिसियस स्याउ फल्न छाडेपछि बागवानीको नाम फेरी सुक्खा फलफूल विकास केन्द्र राखिएको जनाइएको छ । अहिले यहाँ हिउँदे फलफूलका बिरुवाको नर्सरी स्थापना गरिएको छ ।
सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काका अनुसार भदौ महिनामा राखिएको ओखरको बिउबाट उत्पादन हुने बिरुवा डेढ वर्षपछि रोप्न मिल्ने हुन्छ । भदौमा राखिएको ओखरको बिरुवा आगामी वर्षको पुसमा बिक्री गर्न सकिने छ । यो वर्ष ६० हजार ओखरको दाना रोपेर बिरुवा उत्पादन गर्ने लक्ष रहेको छ। २५ हजार दाना ओखरको बिउ केही दिनपछि राख्ने तयारी छ । नर्सरीमा राखिएको ओखरको बिउमध्ये ४५ देखि ५० प्रतिशत मात्रै उम्रने गरेको प्राविधिक सहायक खड्काले बताए । ६० हजार दाना ओखरको बिउ राखेमा बढीमा तिस हजार बोट मात्रै उत्पादन हुने बताइन्छ ।
सुक्खा फलफूल विकास केन्द्रको नर्सरीमा ३० हजार ओखरका बिरुवा तयारी अवस्थामा छन् । गत वर्ष ३९ हजार बिरुवा बिक्री भएका थिए । सुक्खा फलफूल विकास केन्द्रले बर्सेनि फलफूलका बिरुवा उत्पादन गर्दै आएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको २९ हेक्टर क्षेत्रफलमा ओखर, आरु, नासपाती, स्याउ, आरुबखडा, कागजी बदामलगायतका बिरुवा उत्पादन हुँदै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: