भक्तपुर । हाम्रो धर्म रक्षाका लागि हामी आफै लाग्नु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन् ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ९ स्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको आयोजनामा भएको तीजको दर खाने कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले हाम्रो धर्म परम्परा रीति थिति एवं परम्पराको रक्षा हामीले नगरे कसैले नगर्ने बताएका हुन् ।
आज हाम्रो कला संस्कृति मासिने अवस्थामा पुगेको छ यसको रक्षाका लागि हामी सबै एक जुट भएर लाग्नु पर्ने उनको धारणा रहेको थियो । हामीले हाम्रो धर्म संस्कृति नजोगाउने हो भने अन्य विस्तारवादीहरूले हाम्रो धर्म संस्कृति परम्परा एवं संस्कार मेटाउन लाग्ने उनले बताए ।
उनले आश्रमले घरबार विहीन ज्येष्ठ नागरिकलाई राख्ने काम गरेको काम सराहनीय भएको बताउँदै अवका दिनमा आश्रमले ताथलीका ज्येष्ठ नागरिकका लागि दिवामा भजन कीर्तन गर्ने एवं भलाकुसारी गर्न ज्येष्ठ नागरिक मिलन चौतारी समेत बनाउन आग्रह गरेका थिए ।
दर विशेष कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आश्रमका संस्थापक एवं कार्यक्रमका सभापति बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले तीज केवल केही सीमित नारीहरूको मात्र नभई सम्पूर्ण नेपालीको पर्व भएको उनले बताए । तीजको व्रत केवल श्रीमान् राम्रो पाउँ र श्रीमानको आयुको विषयमा मात्र नभएर राम्री पत्नी पाउँ अनि पत्नीको स्वास्थ्यको लागि पनि बस्नु पर्ने उनको भनाइ छ ।
यस्तै कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर कटुन्जेका अध्यक्ष एवं समाजसेवी धर्मराज कार्कीले धर्तीमा पापको बोझ धेरै भएका हिन्दु धर्मलाम्वीहरुमाथी विभिन्न धर्मालम्वीहरुले प्रहार गरी रहेको अवस्था छ जसलाई परास्त गर्न हामी एक जुट हुनु पर्ने बताएका थिए । उनले हामी एक भएमा मात्र हाम्रो संस्कार जोगिने समेत बताए ।
ज्येष्ठ नागरिकको सेवाका लागि छोरीको घर आश्रमले आगामी ११ गते देखि भक्तपुर चाँगुनारायण धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद्भागवत विराट पितृ मुक्ति जान महायज्ञ गर्न लागेको कार्यक्रममा जानकारी गराइएको थियो ।
यस्तै कार्यक्रममा दुई दर्जन भन्दा बढी गुरुहरूलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा करिब १ सय भन्दा बढी ७० वर्ष पुरा भएका भएका बा आमालाई सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: