काठमाडौं। एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानसामु बंगलादेश निरीह सावित भएको छ।
एसिया कप-२०२३ को सुपर-४ अन्तर्गत पहिलो भिडन्तमा बंगलादेशले पाकिस्तानलाई जितका लागि १९४ रनको चुनौती दिएको छ।
पाकिस्तानस्थित लाहौर गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ३८.४ ओभरमा १९३ रनमा समेटिँदै अलआउट भयो।
बंगलादेशका लागि विकेटकिपर मुश्फिकुर रहिमले सबैभन्दा धेरै ६४ रन बनाए। अर्कातिर कप्तान शकिब अल हसनले ५३ रनको पारी खेले। पाकिस्तानको तर्फबाट हारिस रउफले चार विकेट झारे। उता नसिम शाहले ३ विकेट लिए।
फहिम अशरफ, इफ्तिखार अहमद र शाहिन शाह अफरिदीले पनि व्यक्तिगत एकरएक विकेट लिन सफल भए।
बंगलादेशी कप्तान शकिब अल हसनले वानडे करिअरको ५४ औँ अर्धशतक बनाए। उनी ५३ रनमा आउट भए। हसनले ५७ बलमा ९२।९८ को स्ट्राइक रेटमा रन बनाए। उनले आफ्नो पारीमा ७ चौका हाने।
४७ रनमा ४ विकेट गुमाएको अवस्थामा कप्तान शकिब अल हसन र रहिमले बंगलादेशलाई सुरुवाती झट्काबाट अघि बढाएका थिए।
दुवैबीच १२० बलका लागि १०० रनको साझेदारी भयो। यस साझेदारीलाई फहिम अशरफले तोडे।
शाहिन शाहले सातौँ ओभरको दोस्रो बलमा १४० किमि प्रतिघण्टाको गतिमा बल फ्याँके। उक्त बल ब्याटर नइमको प्याडमा लागेर फाइन लेगीतर्फ गयो। नसिम उक्त बललाई रोक्न तीव्र गतिमा दौडेर डाइभ हाने। त्यहीकारण उनी घाइते भए। उनको स्थानमा मोहम्मद हारिश फिल्डिङमा आए।
बंगलादेशको सुरुवात राम्रो रहेन। उसले शून्यको स्कोरमा पहिलो विकेट गुमायो। बंगलादेशले १० ओभरको खेल सकिँदा ४९ रनमा ४ विकेट गुमाइसकेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: