Ntc summer Offer
Khabar Dabali ७ कार्तिक २०८१ बुधबार | 23rd October, 2024 Wed
Investment bank

उपचारको अभावमा ज्यान गुमाउनुपर्ने स्थितिको अन्त्य हुन्छ : मन्त्री बस्नेत

खबरडबली संवाददाता

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताएका छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालले एक सय ३१ औँ वर्षको अवसरमा आयोजित समारोहमा उनले उपचार गराएर सबै सम्पत्ति स्वाहा हुने तर निको नभएर आत्महत्या गरी मर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिपरेको बताए ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँचका लागि अस्पतालहरूको स्तरोन्नतिसँगै चाहिने जनशक्ति र उपकरण व्यवस्थापन गर्न सरकार जुटेको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने कार्यलाई प्राथमिकता दिएको जिकिर गरे । 

चिकित्सक र स्वास्थ्यकर्मीलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न र अराजक गतिविधि रोक्न सरकार अब कडारूपमा प्रस्तुत हुने बताए ।

“मुलुकको विभिन्न भागमा भएको चिकित्सकमाथिको दुव्र्यवहार र आक्रमणप्रति सरकार गम्भीर छ”, मन्त्री बस्नेतले भने, “चिकित्सकमाथि दुव्र्यवहार गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइसकिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।”

सरकार र आन्दोलनरत चिकित्सकबीचको वार्ता निष्कर्ष नजिक पुगिसकेकाले छिट्टै समस्या समाधान हुने दाबी गर्दै चिकित्सकलाई सहज र सुरक्षितरूपमा काम गर्ने वातावरण बनाउन सरकार तयार रहेकाले आन्दोलन रोकेर काममा फर्किन चिकित्सकसँग उनले आग्रह गरे ।
वीरगन्जस्थित नारायणी अस्पतालमा छिट्टै मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै मन्त्री बस्नेतले त्यसका लागि सबै पक्षको साथ सहयोग आवश्यक रहेको बताए ।

उनले ऐतिहासिक र राष्ट्रिय प्रतिष्ठासँग समेत जोडिएको नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या छिट्टै समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बस्नेतले भविष्यमा नारायणी अस्पताललाई शिक्षण अस्पतालको रूपमा समेत विकास गर्न सकिने गरी काम अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए । 

नारायणी अस्पतालको नयाँ भवन निर्माणका क्रममा परेको मुद्दालाई छिट्टोभन्दा छिटो अदालतले टुङ्गो लगाएर तत्काल निर्माणकार्य अघि बढाइने उनको भनाइ थियो । 

कार्यक्रममा मधेस प्रदेश सरकारका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहले मधेस प्रदेशलाई स्वस्थ्य प्रदेश बनाउने गरी प्रदेश सरकारले आवश्यक कार्य अघि बढाएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

मधेस प्रदेशका सातवटा अस्पताललाई एक सय शय्याको अस्पतालमा स्तरोन्नति गरिएको बताउँदै उनले अस्पताल नभएका प्रदेशका चार स्थानमा ५० शय्याको प्रादेशिक अस्पताल निर्माण गरिएको जानकारी दिए । 

जनकपुरधामस्थित अस्पताललाई विशिष्ट श्रेणीको अस्पतालका रूपमा विकास गर्ने गरी भौतिक पूर्वाधारसँगै जनशिक्त र उपकरणको प्रबन्ध मिलाउने कार्य भइरहेको जानकारी मन्त्री सिंहले वीरगन्जस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई १० शय्याको अस्पतालका रूपमा विकास गर्ने गरी कार्य अघि बढाएको बताए ।

वीरगन्ज महानगरपालिकाले वीरगन्जमा मिर्गौला प्रत्यारोपण सेवा  सञ्चालनका लागि तत्काल कार्य अघि बढाउन सङ्घीय सरकारसँग आग्रह गर्दै उनले त्यसका लागि महानगरपालिकाले भवन निर्माण गरिदने प्रतिबद्धता व्यक्त  गरे ।

वीरगन्जले ४७ प्रतिशत राजस्व तिर्दै आए पनि त्यो अनुसारको विकासका लागि वीरगन्जलाई बजेट उपलब्ध नगराएको प्रति दुःख व्यक्त मन्त्री सिंहले वीरगन्जको स्वास्थ्य, सडक, खानेपानीलगायतका क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले काठमाडौँको वीर अस्पतालसँगै वीरगन्जको नारायणी अस्पताल निर्माण भए पनि सरकारी उदासिनताका कारण नारायणी अस्पतालले जनशक्ति र उपकरण अभावसँगै सरसफाइको समस्या भोग्दै आएको उल्लेख गर्दै तत्काल नारायणी अस्पतालमा दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसियाले नारायणी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न माग गर्दै अस्पतालको सेवामा सुधार ल्याउन आफ्नो संसदीय कोषबाट बजेट उपलबध गराउने घोषणा गरे । सो अवसरमा प्रतिनिधिसभा सदस्य प्रभु हजार पासवानले नारायणी अस्पतालको अपलत्र परेको पाँच सय शय्याको अस्पताल भवन निर्माणको काममा देखिएका बाधालाई फकाएर तत्काल निर्माणकार्य अघि बढाउन आग्रह गरे ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।चितरञ्जन साहले हाल तीन सय ५० शय्याको अस्पतालसँगै आइसीयू, डाइलायसिसलगायत सेवा सञ्चालन भइरहेको जानकारी दिए । 

नेपालका विभिन्न ठाउँसहित छिमेकी मुलुक भारतबाट समेत आउने दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीलाई ओपिडी सेवामार्फत उपचार सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै प्रमुख मेसु डा साहले भौतिक संरचनाको अभाव र दरबन्दीअनुसारको जनशक्ति नहुँदा उपचार गर्न समस्या भइरहेको बताए ।

सो अवसरमा मधेस प्रदेशसभा सदस्य जनार्दनसिंह क्षेत्री, राजकुमार गुप्ता, नारायणी अस्पताल विकास समितिका सदस्य किरण शर्माले नारायणी अस्पतालमा देखिएको जनशक्ति र उपकरणको समस्या तत्काल समाधान गर्न आग्रह गरे ।

कार्यक्रममा मन्त्री बस्नेतले नारायणी अस्पतालको भौतिक पूर्वाधार निर्माणमा योगदान गरेवापत वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, सहरी विकास तथा भवन कार्यालय वीरगन्जका प्रमुख मदन राय, सिद्धार्थ बैंक लिमिटेड वीरगन्ज र राउण्ड टेबल वीरगन्जलाई दोसल्ला ओढाएर सम्मान गरे ।

यस्तै स्वास्थ्यको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै वरिष्ठ चिकित्सक डा रामअवतार खेतान, डा।गोपालप्रसाद गजुरेल र राधाकृष्ण ज्ञवालीलाई समेत मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गरे । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy