Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सुरक्षा निकायको बिफ्रिङ : बल्खुको झडप नियन्त्रणमा ल्याउन ५ राउण्ड रबरको गोली र १५७ सेल अश्रुग्याँस प्रहार

खबरडबली संवाददाता


काठमाडौँ। काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको प्रदर्शन क्षेत्रमा भएको झडपमा पाँच प्रहरीसहित २८ जना घाइते भएका छन्। 

झडपपछि स्थिति नियन्त्रणमा लिने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 

घाइतेमध्ये १७ जना उपचारपछि घर फर्किएका र छ जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ। 

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बल्खु चोकमा झडप हुन खोजेपछि थप सुरक्षाकर्मी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिइएको बताए। 

प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गर्दै बल्खुबाट कुलेश्वरतर्फ आउन लागेको भिडलाई माइकिङ गरी सम्झाउने क्रममा झन् उत्तेजित हुन थालेपछि ढुङ्गा प्रहार हुँदा ५ प्रहरी कर्मचारी घाइते भएका उनले बताए।

उनका अनुसार प्रारम्भिक विवरणमा प्रहरीको मेगाफोन ३ वटा, शिल्ड–११, हेल्मेट–३ वटा र वाटर क्याननलगायतमा क्षति पुगेको छ। शान्तिसुरक्षा कायम गर्न प्रहरीद्वारा वाटर क्याननबाट पानीको फोहराका साथै १५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको उनले थाहाखबरलाई बताए।

सुरक्षा योजना र कार्यान्वयनसम्बन्धी विवरण तीनवटै जिल्ला प्रशासन कार्यालयका जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा तयार गरिएको एकीकृत सुरक्षा योजना अनुसार काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट सुरक्षाकर्मी परिचालन भएको थियो ।

उपत्यका प्रहरीले प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित ुज्वाइन्ट अपरेशन कमान्ड सेन्टरुमार्फत सुरक्षाकर्मी परिचालन गरेको थियो ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: