काठमाडौं। ४० वर्ष उमेर हद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समितिले शिक्षा विधेयक संशोधनका विषयमा राजनीतिक दलका नेता तथा सांसदहरूसँग भेटघाट गरी ध्यानाकर्षण गराएको छ।
विधेयक शिक्षा क्षेत्रको विपक्षमा रहेको उल्लेख गर्दै संघर्ष समितिले विधेयकका कतिपय प्रावधान सच्याउनुपर्ने भन्दै राजनीतिक दलका नेता, सरोकारवाला प्रतिनिधि तथा सांसदहरुलाई भेटेर ध्यानाकर्षण गराएको हो।
समितिले शिक्षक सेवा आयोगमार्फत प्रवेश उमेर हद ४० वर्ष, सेवा प्रवेश न्युनतम शैक्षिक योग्यता प्लस टु, सबै प्रकारका शिक्षकको उचित तरिकाबाट समान शिक्षक सेवासुविधा तथा सम्मान, शैक्षिक गुणस्तर र समग्र शैक्षिक सुधारका एजेण्डा शिक्षा ऐनमा हुनुपर्ने गरी अभियान चलाइरहेको समितिका संयोजक प्रताप शर्मा फणिन्द्रले बताए।
ती मागहरुबारे सांसद तथा दलका सचेतकलाई भेटेर ध्यानाकर्षणपत्र समेत बुझाएको र धेरै सांसदहरुले संशोधन प्रस्ताव दर्ता पनि गराएका उनले जानकारी दिए।
प्रस्तावित विधेयकको दफा ५० (४) मा संशोधन गरी १८/२१ वर्ष पूरा भई ४० वर्ष पुरा नभएको राख्न गरिएको मागअनुसार गगन थापासहितका सांसदहरुले संशोधन दर्ता गराएको उनले जानकारी दिए।
सोही दफामा २१ वर्ष पुरा भएको राख्नुपर्ने भनी सांसद महेशकुमार वर्तौलासहितका सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन्। केही सांसदहरुले २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको भनेर राख्नुपर्ने मागसहित संशोधन प्रस्ताव दर्ता गराएका बताइएको छ।
यस्तै सेवा प्रवेशको हकमा न्युनकत प्लस टु राख्नुपर्ने मागबमोजिम नै भानुभक्त जोशी, महेशकुमार वर्तौला, देवेन्द्र पौडेललगायतले संशोधन प्रस्ताव दर्ता गराएका जनाइएको छ।
यस्तै एसइईलाई कायम राख्नुपर्ने संघर्ष समितिको मागअनुसार धेरै सांसदहरुले शर्तसहितको व्यवस्था दर्ता गराएका पनि संघर्ष समितिले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: