Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

१६ वटा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

खबरडबली संवाददाता

विराटनगर । मोरङ प्रहरीले अस्पताललगायत भीडभाग हुने स्थानबाट पटकपटक गरेर १६ वटा मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । केही समययता विराटनगर महानगर क्षेत्रबाट लगातार मोटरसाईकल चोरी भइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोटरसाइकल चोरीको विषयमा प्रहरीलाई पनि पटकपटक खबर र निवेदन पुगेको र सोही निवेदनका आधारमा प्रहरीले १६ वटा मोटरसाइकल चोर्ने दुईजनाको समूहलाई पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालका अनुसार नोवेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्रीलगायतका स्थानहरूबाट हराएका १६ वटा मोटरसाईकल चोर्ने समूह पक्राउ गरेको हो ।
दाहालका अनुसार नोवेल अस्पतालबाट साईन  २ वटा, सुपर स्प्लेण्डर २ वटा र अपाची मोटरसाईकल १ वटा, सेन्ट्रल मलबाट साईन एउटा, सुरप स्प्लेण्डर  २ वटा र पल्सर मोटरसाईकल एउटा हराएका थिए । 

यसैगरी  कोशी अस्पतालबाट सुपरस्प्लेण्डर एउटा, गुद्रीबाट सुपरस्प्लेण्डर एउटा, मालपोत कार्यालयबाट सुपर स्प्लेण्डर एउटा, नापी कार्यालयबाट साईन एउटा र विराट टिचिङ अस्पतालबाट सुपर स्प्लेण्डर एउटा मोटरसाईकल चोरी भएको पाइएको प्रहरी प्रवक्ता दाहालले बताए ।

चोरी गर्नेको खोजी गर्ने क्रममा प्रहरीले गत शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह–२ का २१ वर्षीय निकाइल अन्सारी र हरिनगरा–६ का ३९ वर्षीय नजाम अन्सारी रहेका छन् । उनीहरुलाई प्रहरीले अवैध लागू औषध खैरो हिरोईन  १ ग्रामसहित पक्राउ गरेको हो ।

अन्सारीको साथबाट राजकुमार मण्डलको नाममा रहेको को २४ प ३६७५ नम्बरको हिरो सुपरस्प्लेण्डर मोटरसाईकलको ब्लु बुकसमेत प्रहरीले बरामद गरेको छ । उक्त मोटरसाईकल पनि चोरीको भएको प्रहरीले जनाएको छ । उनीहरुलाई मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending