Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ

खबरडबली संवाददाता

म्याग्दी ।  म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्स–रे सेवा उपलब्ध छ । गाउँ नजिकै विद्यालय छन् । सञ्चार, खानेपानी, सिँचाइलगायतका सुविधा वृद्धि हुँदै गए पनि उपयोग गर्ने मानिस भने घट्दै गएका छन् । 

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्या अत्यन्त न्यून हुँदै गएको छ । स्वास्थ्य चौकीमा सेवा लिने बिरामी पनि घट्दै गएका छन् । पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जतिजति पूर्वाधारको विकास भए पनि बढी बसाइँसराइ गरेर बाहिर जानेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

गाउँपालिकाले किसान लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन र व्यवस्थापनमा महत्व दिन थालेपछि कृषि उत्पादन पनि बढ्दै गएको छ । छवटै स्थानीय तहममा कृषि उत्पादन वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

एक÷डेढ दशकअघिसम्म ‘गाउँमा अभाव छ, अवसरै छैन’ भन्ने मानसिकता रहेकामा अहिले विकासको पूर्वाधार बढे पनि सुविधाको उपयोग गर्ने जनता भने घट्दै गएका मालिका गाउँपालिका– २ का वडासदस्य भक्तबहादुर पुनले  बताए । 

गत वर्ष साउनदेखि चैत मसान्तसम्म जिल्लाका एक हजार ९१ घर परिवार अन्य ठाउँमा बसाइ सरेको स्थानीय तहहरुको तथ्याङ्कले देखाएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तहबाट एक हजार ९१ जना बसाइँसराइ गरी काठमाडौँ, पोखरा, चितवन, नवलपुर, बुटवललगायत ठाउँमा गएका हुन् ।

स्थानीय तहको पञ्जीकरण शाखाका अनुसार गत आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा बेनी नगरपालिकाबाट दुई सय ४२, रघुगङ्गा गाउँपालिकाबाट एक सय १४, मङ्गला गाउँपालिकाबाट एक सय ६०, मालिका गाउँपालिकाबाट एक सय २४, धौलागिरि गाउँपालिकाबाट तीन सय चार र अन्नपूर्ण गाउँपालिकाबाट एक सय ४७ गरी एक हजार ९१ घर परिवार बसाइँसराइ गरेका थिए ।     

“गाउँमा जतिजति विकासका पूर्वाधार थपिदै गए त्यति त्यति बस्ती खाली हुँदै जान थाले, यस्तो अवस्था किन उत्पन्न हुँदैछ भन्ने विषयमा सरोकारवालाहरुको ध्यानाकर्षण हुन जरुरी छ”, दरबाङका बालकृष्ण शर्माले भने, “गाउँमा सुन्दर प्रकृति, आवश्यक विकास र थुप्रै अवसर सबै छन् । विकास र अवसरलाई सदुपयोग गर्ने युवा छैनन् ।” सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ स्थित बगरफाँट गाउँको स्थिति यस्तै छ । राजनीति गर्ने नेताहरुदेखि लिएर पढेलेखेका र निजामती सेवाको उपल्लो तहमा पुगेका मानिसको पुख्र्यौली यो गाउँ अहिले बसाइँसराइका कारण रित्तिँदै जान थालेको छ ।     

यहाँका अधिकांश युवा विदेशमा छन् । गाउँमा बाँकी रहेका र उमेर पुगेका युवा पनि विदेश जाने तयारीमा छन् । अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापानदेखि लिएर युरोप र खाडी मुलुकसम्म यहाँका युवाको गन्तव्य हुने गरेको छ । गाउँ सुन्दर छ । सुगम छ । विकासका सबै पूर्वाधार यहाँ उपलब्ध छन् ।

गाउँको शिरानमा जङ्गल, पुछारमा म्याग्दी नदी र बीचमा समथर उर्बर फाँट छ । विदेशबाट रेमिट्यान्स आउँछ तर काठमाडौँ, पोखराजस्ता सहरमा घरघडेरीका लागि जान्छ । गाउँको जमिनमा लगानी गर्ने, उत्पादन र बिक्री गर्नेतर्फ कसैको ध्यान नजाँदा कतिपय उर्वर जमिन पाखोमा परिणत भएको छ । थोरै जमिनमा गरिएको खेतीले नै यहाँका स्थानीयलाई पुगेपछि अरु जमिन बाँझै छोडिएको छ ।     

गाउँमा जतिजति विदेशी आम्दानी भित्रिँदै छ त्यति नै बढी परनिर्भरता पनि बढ्दै गएको छ । यो बगरफाँट गाउँको मात्र अवस्था होइन म्याग्दीका प्रायः सबै गाउँको यही अवस्था रहेको छ ।  बगरफाँटका बेदप्रसाद उपाध्याय गाउँका खेतबारी बाझिँदै गएकामा चिन्तित भएका छन् ।

पशुपालन घट्दै गएको छ । व्यावसायिकरुपमा केही युवाले गरेको कृषि पेसा रहरलाग्दो देखिए पनि उत्पादित कृषिउपजले राम्रो बजार पाउन नसक्दा कृषि पेसाप्रति नै वितृष्णा उत्पन्न हुन थालेको व्यावसायिक कृषकहरुले बताउन थालेका छन् ।

वार्षिक करोडौँ रुपैयाँको आयातित तरकारी खपत हुने म्याग्दीमा स्थानीय उत्पादनले लागतअनुसारको मूल्य नपाउँदा कृषक निरास भएका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । “बारीभरी बन्दा र टमाटर छन्, तर मूल्य छैन । बाहिरबाट आएको तरकारी सस्तोमा पाइन्छ तर यहाँको प्राङ्गारिक उत्पादनलाई व्यापारीले सस्तोमा खोज्छन्”, उनको गुनासो छ ।    

बसाइँसराइको मुख्य कारण गाउँमा सुविधाको कमी र अवसरको अभाव नभएर सुखसुविधा र जीवनशैली नै भएको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको भनाइ छ । नेपाल कांग्रेसका जिल्लासचिवसमेत रहनुभएका क्या मीनबहादुर कार्कीले गाउँमा अब अवसरै अवसर र सुविधै सुविधा छ तर ती अवसर र सुविधाभन्दा बढी अवसर र सुविधाको खोजीमा बसाइँसराइ गरी अन्य ठाउँमा जानेक्रम नरोकिएको बताए ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending