Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

बन्दुक देखाउनू संयम्ता हो र ?

\"dipesh_article\"संघियता भनेको खण्डित होइन भन्ने बुझ्न नसकेका बुर्जुक बौद्धिकहरूको बौद्धिकतालार्इ हार्दिक श्रदाञ्जली ! कैलालीमा कर्फ्यु लगाएर काठमाडौंमा संविधान बनाउने । जनताको संविधान जनताकै हातबाट लेखिने छ भनेर चुनाव गराउने, चुनावमा भारतिय नागरीकलार्इ नेपाली नागरिकता दिएर अनुकुल व्यक्तीलार्इ जिताएर कथित संविधानसभामा ल्याउने । को हुन् ? ६०१ सभासद बनाइएका छन् । तर सबै बेकाम । प्रमुख दलका शिर्ष भनेर ४ दलका ४ नेताले निर्णय गरेर व्यक्ति अनुकुल संघियता र संविधान बनाउने किन गरियो ?  अधिकारबाट बञ्चित गराएर अहिले इमान्दार नेपाल प्रहरीका सिपाहि मारिएको असामान्य घटनामा उनै उत्पिडित थारू समुदायलार्इ दोष लगाउने ?  यो जो चोर उसैको ठुलो स्वर भने जस्तै हो । दोषि थारू समुदाय होइन राज्य नै हो । यो सबैले बुझ्नु पर्ने कुरा हो । घटनाको प्रकृति हेर्दा कैलालीको हिँसामा दूइवटा कारण हुन सक्छन्ः पहिलो– सिमा पारीबाट ल्याइएका भाडाका मानिसहरूले नेपाली सुरक्षाकर्मिको हत्या गरेको हुन सक्छन् । जुन केहि समय अगाडी मधेशी नेताहरूले टिकापुरमै गएर दिएको अभिव्यक्तिबाट आशंका गर्न सकिन्छ । टिकापुरमै गएर कंग्रेस नेता अमरेश कुमार सिंह र संघिय समाजवादी फोरमका उपेन्द्र यादव, सदभावनाका राजेन्द्र महतोले ूपहाडीयाहरूलार्इ खुँडा र खुकुरीले लखेट्नु पर्छू भनि दिएको अभिव्यक्तिको कार्यन्वयन पनि यो हुनसक्छ । दोस्रो– थारू समुदायलार्इ सामान्य कार्यक्रम पनि गर्न नदिने, शेरबहादुर देउवा र भिम रावलका मानिसहरूले पैशा पेलेर हजारौको संख्यामा बाइक र्याली निकालेर थारू बस्ती नै आतंकित हुने गरी जुलुस र सभा गर्ने । उत्पिडित थारूहरूले आफ्ना माग राख्न पनि नपाउने, सभा गर्न पनि नपाउने । मानौं थारूहरू यो राज्यका दोश्रो दर्जाका नागरीक हुन झैँ व्यवहार गर्ने । दुवै घटनामा सुरक्षा संयन्त्र अझैँ भनौं राज्य चुपचाप रमिते भएर बस्ने । अनि अहिले आएर दोष त्यही उत्पिडित सोझो थारू समुदामाथी थोपर्ने ? यो स्विकार्य हुनै सक्दैन । उनिहरूले अभिव्यक्ती दिएर राजधानी फर्किएपछि ‘राज्यलार्इ कारवाही गरेर देखाउन’ खुलेयाम चुनौति दिए । सबैले तिनिहरूले गलत गरे भन्ने तर कारवाहिको ‘क’ पनि उच्चारण गर्न नसक्ने ! अनि एउटा समुदायमाथी हिंसाको दोष थुपार्ने ? सामाजिक सञ्जालमा देखिएका केहि तस्विरहरूबाट पनि के पुष्टी हुन्छ भने, हतियार बोकेरा आएकाहरूको वर्ण हेर्दा खुडाँ र भाला बोकेका मानिसहरू कैलाली टिकापुरका स्थानीय जस्ता देखिदैनन् । उनिहरू मधेशीमुलका जस्ता देखिन्छन् । त्यसैले पनि उनिहरू आयातित नै थिए भन्ने कुरालार्इ पुष्टी गर्छ । टिकापुरको सामाजिक सदभावको कुरा गर्ने हो भने पनि पहाडियाको बस्तीमा थारू समुदायको आँगनसँग आँगन र पाखोसँग पाखो जोडिएको छ । थारू समुदाय भाला खुँडा बोकेर सामाजिक सदभाव मात्रै होइन व्यक्तिगत र पारिवारीक सम्बन्ध समेत खलबल्याउन चाहादैन । मलार्इ के विश्वास छैन भने, मेरी फुपुको घरमा मोहि बाँडेर खाने थारूनि आन्टिले मेरी फुपुको घर जलेको हेर्न सक्नु हुन्न । वहाँले खुडा ल्याएर मेरि फुपुको घरमा आक्रमण गर्नु नै भएन । त्यसैले त्यो उत्पिडित थारूहरूको बिष्फोठ भएको अवाजको प्रतिबिम्ब पनि त्यो हुनसक्छ । सामान्य त थारू र पहाडिया बिचको आत्मियतालार्इ अमरेश र महतोहरूले किने र साम्प्रदायिक द्वन्दको बिउ रोपे । राज्यको गद्दिमा आसिनहरू रमिते भए । निर्दोष र कर्मठ नेपाल प्रहरीका सिपाहीहरू मारिए । धर्तीलाइ चिन्ने नसकेको दुर्इ बर्षिय बालक त्यसैको सिकार भए । तर बढो उदाशिनताका साथ काठमाडौंबाट सरकारहरूले दुख व्यक्त गर्यो मात्रै । नियोजित र घुषपैठ भएको आरोप लगायो । त्यहाँको सद्भाभाव र आत्मियता नबुझेरै खण्डित र अखण्डितमा रूमलियो । टिकापुरमा पहाडिया र थारू समुदायबिचको निकटता त्यँहाका थारूहरूको झुपडीमा गएर अनुभव गर्न सकिन्छ, काठमाडौंका महलहरूबाट होइन, भन्ने बुझ्न उनिहरूले बुझेनन् । जे होस माथि उल्लेखित दुवै सम्भावित कारणहरूमा राज्य नै दोषि छ । अझैँ यसका सञ्चालकहरू दोषि छन् । अब शान्ति कायम गर्ने नाममा सेना परिचालन गरेर कैलालीको उत्पिडित जनसमुदायमा त्रास फैलाउने दुस्साहस राज्यले तुरून्तै रोकेर यसको राजनीतिक समाधान खोज्नु पर्छ । अन्यथा बन्दुक र सेना देखाएर उत्पिडित समुदायका जाहेज मागहरूलार्इ दबाउन खोजियो भने त्यसको जवाफ बन्दुक र सेनाबाटै दिनु पर्ने बाध्यता थारू समुदायमा नचाहेर पनि आर्इपर्न सक्छ । उनिहरूले त्यो इतिहाँसले दिएको त्यो जिम्मेवारी पुरा गरे भने के होला ?  राज्यले रवैया होइन सचेतता अपनाउदाँ राम्रो होला । संयम् नागरीक होइन राज्य बन्नु पर्छ । दोष राज्यको नै छ । अन्यायमा कैलाली परेको छ । न्याय त्यसैले पाउनु पर्छ । त्यसैले ७ प्रदशे घोषणा गरेर मुख्यमन्त्रीको सपना देखेका देखि त्यो सपना लेखेका काठमाडौंका शाषक हरूलार्इ बन्दुक देखाउनु संयमता होइन दमन हो भन्ने जानकारी होस ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending