Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

यसो भन्छन् आन्दोलनका सहभागी

(एमाओवादी नेतृत्वको गठबन्धनद्वारा सञ्चालित आन्दोनलको पहिलो चरणको अन्तिम दिन शनिबार राजधानीमा आयोजित शक्ति प्रदर्शनको क्रममा जुलुसमा भेटिएका एक सहभागीसँग जुलुसमै हिँड्दाहिँड्दै  खबर डबलीले गरेको संक्षिप्त कुराकानी ।) तपाईंको नाम ? घनश्याम यादव । कहाँबाट आउनु भो ? नवलपरासीबाट । कति साथी लिएर आउनुभयो ? हामी १ हजार ५ सय जति साथीसँग आइपुगेका छौं । कुन पार्टीको, कुन जिम्मेवारी/हैसियतमा हुनुहुन्छ ? एमाओवादीको केन्द्रीय सदस्य एवम् नवलपरासी जिल्ला इन्चार्ज हुँ । यो आन्दोलनले सफलता पाउनेमा कत्तिको आशावादी हुनुहुन्छ ? आन्दोलनले सफलता पाउनेमा म पूर्णतः विश्वस्त छु किनभने हामीले अहिले अघि सारेका एजेन्डा र मागहरु एमाओवादी मात्र होइन, सम्पूर्ण जनता र राष्ट्रकै एजेन्डा र माग हुन् । हाम्रो पार्टीको एजेन्डा अत्यन्तै वैज्ञानिक छ, वस्तुवादी छ यसले जनताको भावनालाई बोकेको छ । खास के हो तपाईंहको माग र एजेन्डा ? एजेन्डाबारे आफैं दुविधा र दोधारमा हुनुहुन्छ रे नि ? होइन । हाम्रो एजेन्डा र माग एकदमै स्पष्ट छ । हामीले पहिचान सहितको सङ्घीयता र सङ्घीयता सहितको संविधान मागेका छौं । बाह्रबुँदे, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान तथा विभिन्न पार्टी, वर्ग, लिङ्ग, क्षेत्र र समुदायसँग आजसम्म भएका सहमति र सम्झौता एवम् पहिलो संविधानसभाले निष्कर्ष नजिक पुर्याएका मान्यताभित्रै रहेर आधारभूत विषयवस्तुमा जनआन्दोलनका सहयात्रीबीच सहमतिको आधारमा नयाँ संविधान बनाऔं भन्ने हाम्रो एजेन्डा कसरी अमूर्त र दोधार हुन्छ ? जातीय नारा उचालेर देशलाई भड्खालोमा हाल्दै हुनुहुन्छ रे नि ? त्यसो होइन । हामीले खोजेको ‘पहिचान’ भनेको ‘जातीयता’ नभई ‘राष्ट्रियता’ हो । सामन्ती एकाधिकारवादको मान्यताबाट ग्रस्त काङ्ग्रेस–एमालेहरुले एउटा वर्ग, एउटा जाति र एउटा क्षेत्रको परम्परागत हालीमुहाली कायमै राख्ने नियतका साथ हाम्रो एजेन्डाविरुद्ध भ्रामक प्रचारवाजी गरेका मात्रै हुन् । मुलुकमा न्याय, समानता र अग्रगमन संस्थागत हुन नदिने षड्यन्त्रअनुसार काङ्ग्रेस–एमालेहरुले हाम्रा विरुद्ध भ्रमपूर्ण दुष्प्रचार गरिरहेका छन्, त्यसमा कुनै सत्यता छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy