Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

बाँसबारी जग्गा प्रकरणः सेयरका रुपमा १० रोपनी जमिन हत्याउन विनोदको मूख्य भूमिका

सांसद विनोद चौधरीलाई पनि सीआईबीले नछाड्ने

खबरडबली संवाददाता

काठमाडौं । सरकारी जग्गा हिनामिना प्रकरणमा अर्बपति उद्योगी एवं कांग्रेस सांसद विनोद चौधरीलाई बयानका लागि बोलाउने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तयारी थालेको छ ।

पहिले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जमिन सेयरका रुपमा हत्याए पछि उक्त सेयर आफ्नै नाममा सार्ने खेलमा उद्योगपति विनोद चौधरीको निर्णायक भूमिका रहेका कारण उनलाई बयानका लागि सिआईबीले बोलाउन लागेको हो । 

यो प्रकरणमा सांसद चौधरीको विशेष भूमीका रहेको भए पनि  प्रहरीले विनोदलाई नसमातेर उनका कान्छा भाइ अरुणकुमार चौधरीलाई समातेको छ । सरकारी जग्गा हिनामिना प्रकरणमा समातिएका अरुणकुमार चौधरी, अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्जय ठाकुर अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा रहेका छन् । सोमबार काठमाडौं जिल्ला अदालतले तीनैजनालाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको छ ।

अरुणकुमार चौधरीलाई सोमबार नै थुनामुक्त गराउन चौधरी ग्रुपले सम्पूर्ण शक्ति परिचालन गरेको भएपनि अदालतले अझै थुनामा राख्दै अनुसन्धान गर्न अनुमती दिएकोउ छ । अदालत बन्द भइसकेपछि अबेरसम्म अदालतमा यसबारे बहस भएको थियो । तर, अदालतले चौधरीको प्रयासलाई मान्यता दिएन र थप दुई दिन थुनामै राख्न सीआईबीलाई अनुमति दियो ।

चौधरी ग्रुपले सत्तारुढ कांग्रेस नेताहरु परिचालन गरेर अरुणकुमारलाई छुटाउन दबाब बढाएको छ । तर, सीआईबीले भने सांसद विनोद चौधरीलगायत अन्यलाई पनि बयानका लागि बोलाउने तयारी थालेको छ ।

हाल चाँदबाग स्कुल सञ्चालनमा रहेको र सीजी कम्पनीले अपार्टमेन्ट बनाउने तयारी गरिरहेको १० रोपनी जमिन यतिबेला अरुणकुमार चौधरी र श्रीमती शीला चौधरीको स्वामित्वमा रहेको छ । दाजुभाइले अंश गर्दा विनोदले यो जमिन कान्छा भाइ अरुणका भागका पारेका हुन् । तर, सरकारी जमिन निजी बनाउने प्रक्रियामा अरुणभन्दा विनोदको निर्णायक भूमिका रहेको थियो । यो कुरा स्वयं अरुणकुमारले पनि बताएको प्रहरी स्रोतको भनाइ छ ।

सरकारी जग्गा हिनामिना हुँदा च्याम्पियन फुटवेयरका मुख्य सञ्चालक रहेका जेठा दाजु विनोद चौधरी अब पक्राउ पर्छन् कि कान्छा भाइ मात्रै थुनिन्छन् ? यो प्रश्न अहम् बनेको छ ।

यस विषयमा गृहमन्त्रालयको अधिकारीले अहिले सीआईबीले अनुसन्धान गरिरहेको हुँदा अनुसन्धानका क्रममा दोषी भेटिए कोही नछुट्ने र निर्दोषहरु नपर्ने बताए । उता सीआईबी स्रोतले भने यो प्रकरणमा दाजु विनोद चौधरीको भूमिका प्रमुख देखिएकाले उनलाई पनि बयानका लागि बोलाउने तयारी भइरहेको बताएको छ ।

उद्योगपति विनोद चौधरी अहिले सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य छन् । संसदको सदस्य रहेको व्यक्तिलाई अधिवेशन चलिरहेका बेला पक्राउ गर्नका लागि सभामुखलाई जानकारी दिने लगायतका केही प्रक्रियाहरु भने पुर्‍याउनुपर्ने स्रोतको भनाइ छ । त्यसअघि बयानमा बोलाउन भने कुनै समस्या नरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

सरकारी जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीलाई समेत प्रतिवादी बनाएर अदालतमा मुद्दा लाने कि अरुण चौधरीलाई मात्र मुद्दा चलाउने भन्नेबारे अनुसन्धानपछि नै खुल्ने सीआईबी स्रोतको भनाइ छ ।

अनुसन्धानका क्रममा सांसद विनोद चौधरी र त्यसबेलाको कार्यमा संलग्न रहेका अन्य व्यक्तिहरुलाई बयानका लागि सीआईबीमा उपस्थित गराइनु सामान्य कुरा भएको सिआईबी स्रोतले बतायो । 

यो प्रकरणमा सरकारले ३७ वर्षअघिको निर्णयमा सही गरेबापत बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई समेत पक्राउ गरिसकेको छ । तर, उक्त कार्यमा संलग्न रहेको कागजातबाटै स्पष्ट हुँदा पनि अहिलेसम्म विनोद चौधरीलाई भने सरकारले बयानका लागि समेत बोलाउन सकेको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एल निनोको असर : यस वर्ष मनसुन ढिलो भित्रिने संकेत, ५० वर्षको तथ्यांकले के भन्छ?

चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...

‘देश बनाउने टोली’ भन्दै बालेनको स्टाटस, आफ्नै पार्टीभित्रै उठ्यो असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...

बनेपामा महिला बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको आरोप

काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...

कहाँ पुर्‍याउँदैछ नेतृत्व संकटले एमालेलाई ?

पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय

बेइजिङमा खनाल–वाङ यी भेटवार्ता, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...

सामाजिक सञ्जालमा धम्की र चरित्रहत्याविरुद्ध खुश्वु ओलीको उजुरी, एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending