Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सर्बेन्द्र खनाल ज्यू, "त्रिशुलीमा लगेर ज्युदै चोपल्ने नियम छ ?"

\"muktaसर्बेन्द्र खनाल ज्यू, टिलपिल मेरा सहयात्री पार्टीका साथीहरुको आँसु र हालत देखेर शाेकमै पत्र लेख्दै छु । सर्बप्रथम तपाईंको काम देखेर मलाई खेद प्रकट गर्न मन लाग्यो। यस्ता देशद्रोही काम गरेर आफुलाइ खुव बहादुर सम्झनु हुन्छ होला । कृपया त्यस्तो भ्रम नपाल्नुहोला।

मलाई  पोहोर साल देखिनै यो पुलिस प्रसाशनसँग शंका  थियो । आज आएर तपाईले प्रमाणित गर्नु भयो, नेपाल प्रहरी देश र जनताप्रति उत्तरदायी छैन भनेर। पोहोर साल पनि  प्रगतिशील बिचारका सहासिक निडर देश भक्त जनताप्रति समर्पित एउटा हाम्रो पार्टीका  योद्धा लाई मारेर हाम्रो आन्दोलनलाई ठूलो क्षति पुर्याउनु भो। आज फेरि उस्तै समाज र देशलाई हाक्ने लोकतान्त्रिक बहादुर देशभक्त माथि तपाइले जुन कायरता प्रदर्शन गर्नु भो तपाइको यो बर्बरता पूर्ण कामको ३ करोड जनताले हिसाब गर्नेछ्न । यस्ता कामको  हाम्रो पार्टिको अध्यक्षको हैसियतले म घोर आपत्ति तथा निन्दा गर्छु ।

देशका यस्ता अजय नायकहरुलाई बिगतका बर्ष देखि नै प्रहरी प्रशासनले निसाना बनाउदै आएकाले ती हाम्रा देशका सच्चा सपूतहरु भारत तर्फ प्रस्थान गरेको खबरले हामीलाइ झन मर्माहत बनाएको छ। अव देशको भविस्य के होला भन्ने चिन्ता लागेको छ।

हुन त भारत नेपालका यस्ता वीर सपूतहरु आफ्नो देशमा लगेर विकासमा टेवा पुग्छ भन्ने रणनीति अनुसार उतै लगेको पनि हुन सक्छ । तपाईले पनि  भारतको रणनीति अनुसार नै काम गर्नु भएको भन्ने हाम्रो पार्टीलाई लागेको छ। यसको मूल्याकंन हाम्रो पार्टीले गर्ने छ। हाम्रो महान पार्टी ऎतिहासिक र माक्सबादी पार्टीले तपार्इ जस्तै देश र जनताको बिरुद्ध काम गर्ने एउटा  खरेललाइ कारबाहीमा  शिसाको घर भित्र थुनेर राखेको हेक्का छकी छैन?  अहिले त शिसा भित्र बाट जति चिच्याएपनि मुख चलाएको मात्र देखिन्छ बाहिर सुनिदैन।

तपार्इले मेरो र हाम्रो सहयात्री पार्टीलाइ राजनैतिक बिचारको टुहुरो बानाउनु भएको छ। तपाईं वास्तबमा वातावरणिय सन्तुलन बिगारेर  पर्यावरणिय असन्तुलनमा रमाउन खोज्नु भएका विपक्षी पार्टीको चाहाना र योजना अनुसार काम गर्नु भएको हो भन्ने हामीलार्इ लागेको छ।

सर्बेन्द्र जी आज यो पत्रद्वारा केही मनमा लागेका कुरा पनि तपाईंसँग फुकाउदै छु। पोहोर साल यहीं बनको चरी मार्नु भो अहिले चरिको प्यास मेट्ने घैटो पनि फुटाउनु भो।

मान्छेको व्यबहार उसको गुण केहो भनेर छुट्टाउन  सामान्य परिस्थितिमा गार्हो हुन्छ यस्तै अचानक आउने परिस्थितिमा पक्कै उसले गर्ने सत्य व्यबहार पत्ता लाग्छ । यस्ता थुप्रै परिस्थिति जेल्दै झेल्दै र छल्दै आएको हाम्रो पार्टीलाई कमजोर  आँक्नुको परिणाम पक्कै पनि राम्रो हुदैन।

हामी प्रचारमुखी कम हुन्छौं । हामी देखिएर भन्दा छेकिएर काम गर्न चाहन्छौं  देश बिकास गर्न चाहन्छौ। सुर्ती देखि मुर्ती सम्मको ब्यापार र चन्दनलाई लगाएको बन्धन फुकाएर देश र जनताको मुक्ति सम्भब छ भनेर यसै अनुसार काम गरेको इतिहास बोकेको हाम्रो पार्टीको मुल्यांकन जनताले गरेकै छ्न्। हाम्रो पार्टीको नीति नेतृत्व निकै दुरदर्शी छ। हाम्रो देशलाई संकट पर्दा हामी जस्तोसुकै बोल्ड निर्णय गर्न पछि पर्दैनौ । टनकपुर र महाकालीलाई प्रयोग गर्दै देशलाई विकशित र झलमल्ल पारेका उदाहरण दुनियाँमा कहि लुकेको छैन। यो हाम्रो मात्र पार्टीको देन हो।

मेरा साथीहरु कहिलेकाहीं काम गर्दा भावाबेशमा आएर अलि छेकिएर काम गर्न सक्नुहुन्न, आत्तिहाल्नु हुन्छ जस्ले गर्दा देश विकास र जनताको लागि गरिने लोकप्रियताकाे हाम्रो गोप्य सुत्र पत्ता लाग्छ्न काम नपाएका मिडियाले चिच्चाइ हाल्छ्न यी फेकबुकका भित्ता कोरिहाल्छ्न।

प्रहरीले अस्ति जसरी अचानक घैँटो फुटायो साथीहरु आत्तिएर उनीहरूका स्वभाव, व्यबहार र नामै फेरिएका छ्न।  हिजोका सभासद केसी दाजुभार्इहरु पिडीत मुद्दाको निरिह पेसि भएका छ्न्। हिजोका युवाहरुका आइडल गगनहरु सतहमा देखिएर गनगन थापामा परिणत भएका छ्न। धनराज गुरुङहरु धनी गुरुङमा मात्र सिमित भएका छ्न् । यसरी आत्तिएर गरिने राजनीतिले देश बिकास र उन्नति हुदैन भन्ने हाम्रो पार्टी र नेतृत्वको बुझाइ हो।

सर्बेन्द्र जी, तपाईंलाई अनुरोध र जानकारी पनि होस । मलाई बालकोटे भनेर नहेपियोस। यो बालकोट हैन प्रौढकोट हो। मैले र हाम्रो पार्टी त्यस्ता थुप्रै निरंकुश देखि प्रजातन्त्र फटाएर आएकाे पार्टी हाे, लोकतन्त्र देखि यो गणतन्त्र लगाउदै छु गणतन्त्र लगाउने चाहाना त हैन तर पनि साथीहरुले जबर्जस्ति सिलाएर दिनु भो तर मिलाएर दिनु भाको छैन।

अन्त्यमा, प्रहरी प्रशासन हाम्रो ऐतिहसिक आन्दोलनको बाटोमा तगारो नबनोस्। चरीहरुको मुल्यांकन कहि कतै नभएपछि हाम्रो पार्टीले उस्काे देश प्रतिकाे त्याग र बलिदानिको कदर गर्दै पार्टीको झन्डा ओढाएर दाहसस्कांर गरेकै हाे । हाम्रो पार्टीको बिचार, नीति, नियम र एजेन्डा बिश्वकै उत्कृष्ट प्रयोग हुन्। हामी ससांरकै कडा  फलामे अनुसासन भित्र रहन्छौ। अनुसासन नमान्ने पार्टी र देशको हित बिपरित काम गर्नेलार्इ त्रिशुली लगेर जिउदै चोपल्ने नियम र कानुन छ। १ दसक अघि यस्ता कारबाहिमा परिसकेका दुइजना नेताहरु यसैका उदाहरण हुन्। यसरी प्रहरी प्रशासनले देशलाई चरम बिकासको बिन्दुतर्फ लैजान गरेकाे काम  हाम्रो पार्टीको आन्दोलन र लक्ष्यलाई बेला बेलामा जिस्काउदै अबरोध नगरोस। अन्यथा यस्को परिणाम राम्रो हुने छैन।

            अध्यक्ष : बोलिको गोलि      नेकपा एकीकृत मात्रृभक्त लेलिनबाद
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending