Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

प्रधानमन्त्रीलाई चुमनुब्रीको १८ बुँदे ज्ञापनपत्र : उत्तरी नाका खाेल्नेदेखि वैकल्पिक पदमार्गसम्म

खबरडबली संवाददाता

काठमाडाैं । उत्तरी गोरखाको विभिन्न योजनामा सहयोग गरी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुमनुब्री गाउँपालिकाले ज्ञापनपत्र बुझाएको छ । पालिका प्रमुख निमा लामासहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा भौगोलिक हिसाबले जिल्लाको ३६ प्रतिशत भू-भाग ओगटेको उक्त पालिकामा सर्वसाधारणको सर्वसुलभ पहुँचको लागि पालिका केन्द्रसम्म पनि सडक निर्माण हुन नसेकेको र विकास निर्माण कार्यमा ढुवानीको कारणले लागत बढ्न गएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा ‘गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुब्री गाउँपालिका भौगोलिक बनावटको हिसाबले कठिन भूगोल, क्षेत्रफल गोरखाका जिल्लाको ३६ प्रतिशत भूभाग ओगटेको हिमाली क्षेत्रमा अवस्थित गाउँपालिका हो । खास गरी यातायातको सर्वसुलभ पहुँच नपुगेको र गाउँपालिका केन्द्र जोड्ने सडक समेत निर्माण नभएको र विकास निर्माणका कार्यमा ढुवानीको कारणले गर्दा अत्यधिक लागत लाग्ने र संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदान तथा बजेटरी कार्यक्रमहरू पनि जनसंख्याको आधारमा प्राप्त हुने हुनाले एकतर्फ बजेट तथा अनुदानको आकार सानो हुने र अर्को तर्फ अत्यधिक लागतले गर्दा अनिवार्य दायित्वका विकास निर्माणका कार्यहरू समेत गर्न बजेटको अभाव रहेको’ भन्दै ‘संघिय सरकारसंग विविध योजना, कार्यक्रम तथा नीतिगत व्यवस्था गर्न’ भनिएको छ ।

पालिकाको तर्फबाट संघिय सरकार संग सिर्दिबास, न्याकफेदी, चुम्चेत हुँदै छेकम्पार डुईला भन्ज्याङ मोटरबाटो निर्माण योजनालाई अगाडी बढाउन नेपाली सेनालाई जिम्मा दिन आग्रह गरिएको छ भने बेनीघाट–आरुघाट–आरखेत–रुइला भन्ज्याङको मोटरबाटाेलाई क्रमगत बजेटमा प्राथमिकता दिन आग्रह गरिएको छ ।

पालिकाको प्रशासकीय भवन नभएको भन्दै आवश्यक बजेटको व्यवस्था गर्न, चुमनुब्री गाउँपालिका–१ को सामागाउँ र २ को ल्हो स्यालामा रहेको अव्यवस्थित बसोबासलाई जग्गा वितरण गर्न मनासलु संरक्षण क्षेत्र पर्ने भएका कारण बन ऐन संशोधन गरी आवश्यक कानुनी व्यवस्था गर्न तथा चीनसंग सीमा जोडिएको छेकम्पारको डुईला भन्ज्याङ र सामागाउँको रुईला भन्ज्याङ नाका खुल्ला गर्न आवश्यक कूटनीतिक पहल गरिदिन समेत आग्रह गरिएको छ ।

अध्यक्ष लामाले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा पहिरोको जोखिममा रहेको देवलका ७६ र लोक्पाका २५ घरधुरीलाई बस्ती स्थानान्तरण गरिदिन, पालिकाको केन्द्र जोडने गरी बुढी गण्डकी नदीमाथि मोटरेवल पुलको व्यवस्था गरिदिन, छेकम्पारको छुलेनिले, चुम्चेत, जगत, ल्हो र सामागाउँमा सञ्चार सम्पर्कका लागि असहज भएको भन्दै फोजी सहितको टावर निर्माणका  लागि पहल गरिदिन आग्रह गरिएको छ ।

त्यस बाहेक पनि पालिकाले प्रधानमन्त्री प्रचण्डलाई हिमाली आवसित छात्रावासको कोटा थप गर्न, जडीबुटी भण्डार तथा प्रशोधन केन्द्र स्थापना गरिदिन, हालको मनासलु पदमार्ग परिवर्तन गरी आँगासस्र्यु–लोक्पा–सिपचेत–धुम्जे–गुम्बालोङडाङ हुँदै गणेश हिमाल बेश क्याम्प हुँदै गाला–छेकम्पार पदमार्ग कायम गरिदिन, समग्र गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गरिदिन समेत आग्रह गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending