Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखरावासीको दबाब

खबरडबली संवाददाता

पोखरा  । पोखरावासीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तत्काल सुचारु गर्न माग गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रममार्फत उनीहरुले सो माग गरेका हुन् ।

राष्ट्रिय एकता अभियान र स्वतन्त्र पत्रकार सङ्घ कास्कीको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा विभिन्न सरोकारवालाहरूले विमानस्थललाई पूर्ण क्षमताअनुरूप सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारले नै अपारदर्शी ढङ्गबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको गुनासो गरे । चाइना कम्पनीसँग गोप्य ढङ्गले सम्झौता गरेर यो विमानस्थल बनाएको उल्लेख गर्दै उनले सरकारले धेरै कुरा जनताबाट लुकाएर निर्माण कार्य सम्पन्न गरेको दाबी गरे । उनले यहाँका स्थानीयवासीको ठुलो दबाबपछि विमानस्थल बने पनि पोखरावासीलाई कुनै  जानकारी नदिई विमानस्थल निर्माण भएको भन्दै गुनासो पोखे ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानस्थल निर्माण नभएको बताउँदै उनले टर्मिनल भवनमा कति यात्रु अटाउन सक्छन् भनी आफूहरूले सरकारसँग प्रश्न गरेको तर अहिलेसम्म त्यसको जवाफ पाइ नसकेको बताए ।

उनले भने, ‘टर्मिनल भवन यति सानो बनाएको छ कि त्यसलाई अन्तर्राष्ट्रिय टर्मिनल भवन भन्नै सकिँदैन । अन्तर्राष्ट्रिय विमानस्थल भनिएको छ तर त्यहाँ तेल भर्ने अवस्था छैन, कुनै जहाज बिग्रियो भने बनाउने अवस्था छैन, कार्गो छैन, रन वे अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छैन, अनि यसलाई कसरी अन्तर्राष्ट्रिय विमानस्थल भन्ने ?’  उनले अपुरो विमानस्थल छिटो छिटो हस्तान्तर गरेर नागरिक उड्डयन प्राधिकरणले गलत गरेको बताए ।

‘रन वे ढलान गरिएको छ, जुन सैनिक जहाज ओराल्नका लागि मात्र त्यस्तो गरिन्छ’ उनले भने । व्यावसायिक उडानका लागि सबै पिच नै हुने गरेको बताउँदै उनले ढलान गरेर रन वे बनाइएकाले त्यसमाथि शङ्का उब्जिएको बताए । उनले भने, ‘सुरक्षाको दृष्टिकोणले एकदमै शङ्का उब्जाएको छ ।’

पोखराका सामाजिक अभियन्ता कुमार रानाले पोखरा विमानस्थल सञ्चालनमा ढिलाइ भइरहेको बताउँदै यसलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन पोखरावासीले दबाब दिनुपर्ने बताए । ‘ऋण लिएर यो विमानस्थल बनाइएको छ, यदि यसलाई सफलतापूर्वक सञ्चालन गर्न नसकिए देश नै असफलतातिर जान सक्ने अवस्था आउन सक्छ’ उनले भने । उनले भने, ‘अहिलेको अवस्थामा जनतालाई गुमराहमा राख्नु हुँदैन, यसको यथार्थ जानकारीका लागि सरकारले श्वेतपत्र जारी गर्नुपर्छ ।’

पोखराका वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेलले सरकारको कूटनीतिक कमजोरीका कारण पोखरा विमानस्थल यो अवस्थामा पुगेको बताए । बीआरआइ प्रोजेक्ट अन्तर्गत यो विमानस्थल बनेको होइन भन्ने कुरा राज्यले कूटनीति हिसाबले प्रस्ट पार्न नसकेको उनले गुनासो गरे । उनले भने, ‘हामी बैङ्कलाई ऋण तिरिरहेका कारण यो नेपालको विमानस्थल हो र यो नेपालले निर्माण गरेको हो, चीनले यसमा कुनै पनि दाबी गर्न हुँदैन ।’

विमानस्थल बीआरआइ प्रोजेक्टबाट बनेको हो भन्ने चीनले दाबी गरेपछि भारत यसबाट बिच्किएको बताउँदै उनले नेपालले यो बिआरआइबाट बनेको होइन भनेर भारतलाई प्रस्ट पार्नुपर्ने उनले बताए । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले पोखरेली जनताको विभिन्न दबाबका कारण यो विमानस्थल निर्माण सम्भव भएको बताइन् ।

सञ्चालनमा आएको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने बताउँदै उनले अन्तर्राष्ट्रिय उडानका लागि पोखरेलीले दबाब दिनुपर्ने बताइन् । ‘विभिन्न माध्यमबाट राज्यलाई दबाब दिइरहँदा पनि यो विभिन्न विवादमा मुछिएको छ, ठुलो लगानीमा निर्माण भएपछि त्यो अनुसार कार्य भएको छैन, यसमा राज्यले ध्यान दिनुपर्छ’  भण्डारीले भनिन् ।

अभियानका संयोजक विनय यादवले विमानस्थल निर्माणमा पोखरावासीको उल्लेख्य लगानी रहेको बताउँदै विमानस्थलको हालको अवस्थाप्रति निराशा व्यक्त गरे । उनले विमानस्थलको पूर्ण सञ्चालन आजको आवश्यकता रहेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending