Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

मत्स्यपालन व्यवसायतर्फ किसान

\"fishपाल्पा । जिल्लाका किसान यतिखेर व्यावसायिक मत्स्यपालनतर्फ आकर्षित भएका छन् । परम्परागत शैलीमा मत्स्यपालन गरेका किसानलाई व्यवसाय उन्मुख बनाउनका लागि जिल्ला कृषि विकास कार्यालयले प्राविधिक तथा आर्थिक सहयोग गर्न लागेपछि उनीहरु मत्स्यपालनतर्फ आकर्र्षित भएका हुन् । हावापानी, भौगोलिक भूवनोटका दृष्टिकोणबाट पहाडी जिल्ला भए पनि किसानले घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका माछापालन गरेका छन् । किसानलाई व्यावसायिक सफलता गराउने उद्देश्यले आव २०७०/७१ देखि जिल्ला कृषि विकास कार्यालयले मत्स्यपालन कार्यक्रममार्फत सहयोग गरेपछि उनीहरुको थप आकर्षण बढेको हो । जिल्ला कृषि विकास कार्यालयले किसानलाई प्राविधिक तथा अन्य सामग्रीमा सहयोग गर्न लागेपछि अर्गली, बन्दीपोखरा, रामपुर, हुँगी, कसेनी, दोभान, सोमादी क्षेत्रमा किसानले व्यावसायिक रुपमा मत्स्यपालन गर्न लागेको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताए । अन्य पेसा तथा व्यवसायका तुलनामा मत्स्यपालनबाट यथेष्ट आम्दानी गर्न सफल भएको र उत्पादित वस्तु बिक्री गर्न बजारको समस्या नभएकाले आकर्षण बढेको दोभानका किसान सन्तोष शाक्यले बताए । दोभान गाविसका १० जना किसानले व्यावसायिक रुपमा माछापालन गरेका छन् । यहाँका किसानले सिल्भर, विगहेड, कमन, रहु जातको माछापालन गरेका छन् । सिमसार क्षेत्र पर्ने अन्य बालीको उत्पादन लिन नसकिएको जमिनमा किसानले माछापालन गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । कृषि विकास कार्यालयले मत्स्यपालन व्यवसायका लागि माछा पोखरीमा प्रयोग हुने चुन र माछालाई आवश्यक पर्ने प्रोटिनयुक्त दाना निःशुल्क रुपमा किसानलाई उपलब्ध गराएको छ । पानीमा अक्सिजन दिने मेसिनको खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको कृषि प्रसार अधिकृत वैकुण्ठ खनालले बताए । विगत दुई वर्षदेखि व्यावसायिक रुपमा मत्स्यपालन गरेका बौघागुम्बाका किसान टङ्कनाथ घिमिरेले तीन रोपनी क्षेत्रफलमा चारवटा पोखरी निर्माण गरी माछापालन गर्दा गत वर्ष साढे सात क्विन्टल माछा बिक्रीबाट रु दुई लाख आम्दानी गर्न सफल भएका छन्  । मत्स्यपालनका लागि किसानमा यससम्बन्धी ज्ञान नभएका कारण अन्य पेसा तथा व्यवसाय जस्तो फस्टाउन नसकेको उनीहरुको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending