बाग्लुङ । बाग्लुङमा खनिएका ग्रामीण सडकका कारण प्राकृतिक विनाश बढ्न थालेको छ । हचुवाका भरमा निर्माण गरिएका सडकका कारण प्राकृतिक विनाश बढ्न थालेको हाे ।
पछिल्लो समय भइरहेका धेरैजसो दुर्घटना, बाढी, पहिरो तथा भूक्षयको मुख्य कारण जथाभाबी खनेका सडक बनेका छन् । जिल्लाकाे भुजीखोलामा गएको बाढी होस् या कुशीसेरामा गएको पहिरो होस् यी सबैको कारण ग्रामीण सडक रहेको पाइएको छ ।
भू तथा जलाधार कार्यालय पर्वतले दिएको तथ्याङ्कमा बाग्लुङमा तीन वर्ष यतामात्रै एक दर्जनभन्दा धेरै बाढी पहिरोको प्रमुख कारण हचुवाको भरमा खनिएका सडक भएको उल्लेख छ । विकासका गतिविधिमध्ये झन्डै तीन दशकदेखि ग्रामीण सडक खन्ने अभियान शुरु भएकोमा अहिले घरघरमा सडक पुर्याउने होडका कारण भूक्षयले क्षति भइरहेको पाइएको हो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले नागरिकको सहजता र समृद्धिका लागि खनिएका सडकले नै जनजीवन बरबाद पारिरहेको र सडकले तत्कालै मात्र नभएर दीर्घकालीनरूपमा असर पुर्याएको बताए । उनले अब सडक खन्न बन्द गर्नुपर्ने अवस्था आएको आफूहरूको निष्कर्ष रहेको बताए ।
सडकले बाढी पहिरो मात्रै निम्त्याएको छैन वन–जङ्गल, रुखबिरुवाको पनि विनाश भएको छ । बाढी पहिरोले खेतीयोग्य जमिन बगर, उर्बराविहीन र क्षतिग्रस्त बनेका कारण उत्पादनमा समय ह्रास भएको स्थानीयवासी किसान तुल्सीराम आचार्यले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: