Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अवसरको अभावले जनशक्ती पलायनः प्रा.डा. स्थापित

खबरडबली संवाददाता

काठमाडौं । नेपाल खुला विश्व विद्यालयका प्रा. डा. अरहन स्थापितले नेपालको अर्थतन्त्र ‘पन्चड’ अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा ‘दक्ष जनशक्ती पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पन्चड अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम रोमिटेन्सले गरेको बताए ।

‘अहिले नेपालीमा दक्ष जनशक्ती कम हुँदै गएको छ । अवसरको खोजीमा विदेश पलायन हुनेक्रम निरन्तर बढेको छ । आर्थिक रुपमा उताढ चढाव छ । मुलुकमा आर्थिक, राजनीतिक स्थायित्व नभएसम्म नेपालको दक्ष जनशक्ति अवसरको खोजीमा विदेशिन्छन् ।

यसलाई नकारात्मक ठान्न हुँदैन’, उनले भने, ‘रेमिटेन्सबाट धानिएको अर्थतन्त्रलाई सकारात्मक मान्न हुँदैन । यो दीगो समाधान होईन । कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्नको लागि नेपालमा नै अवसर निर्माण गर्नुपर्छ ।’

नेपालमा दक्ष जनशक्ति आकर्षिणत नहुनु राजनीतिक भाई भतिजा र भ्रष्टाचार,  रोजगारीको सिमित अवसर र घट्दो कृषि उत्पादन नै मुख्य रहेका स्थापितले बताए । अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा दक्ष जनशक्तिको अभाव नै मुख्य कारक रहेको उनको बुझाई छ । सहकारी संघ सस्थामा अन्धधुन्दा लगानी हुँदा समस्या आएकाले अनुसन्धान र विश्लेषण गरेर मात्र परियोजना कार्यान्वयन गर्नु पर्नेमा उनको सुझाव छ । 

त्यसैगरी, सरोकारवालासँगको गहन छलफल बिनै नीति निमार्ण, कानुनी अनुपालन पनि अहिलेको समस्या रहेको छ । सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिएको र सहकारी प्रति नकारात्मक सूचना प्रवाह हुदा दक्ष जनशक्ति आकर्षित नभएको उनले बताए ।

त्यसका साथै सहकारीमा जनशक्तिको आकषर्ण कम हुनुमा सीमित वृत्ति विकास, न्यून तलब,  आकर्षक सुविधाको अभाव, अस्थिरता र जोखिमको धारणा जस्ताकुरा मुख्य रहेको उनले औल्याए । स्थानिय स्रोत साधन र प्रविधिको प्रयोग गरी  नयाँ उद्योग सञ्चालन गर्न सके सहकारीले लगानी वृद्धि गर्नुका साथै रोजगारी सृजना र सदस्यतामा समेत वृद्धि हुँदै जाने उनको बुझाई छ । सहकारीका लागि दक्ष जनशक्तिका लागि सिटिईभिटी र विश्वद्यियालयसँगको सहकार्यमा अघिबढ्न उनले सुझाए ।

उक्त प्रस्तुतीको टिप्पणी गर्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारीमा कर्मचारी छनोट गर्दा नै ध्यान पुर्याउनु पर्ने बताए । भनसुन र पहँुचका आधारमा कर्मचारी नियुक्ति गरियो भने त्यसको विश्वसनियता नहुने उनको बुझाई छ । कर्मचारी छनोटमा निष्पक्ष र पारदर्शितालाई परिपालना गर्न उनको आग्रह छ । त्यसैगरी कर्मचारीको वृद्धि विकासका साथै सेवा सुविधा, निवृतिभरण एंव कर्मचारीको जीवन यापनलाई पनि ध्यान पुर्याउनु पर्ने गुरागाईले बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सहकारीमा दक्ष जनशक्ति आश्यकता रहेका औल्याए । जनशक्ति बिना कुनै पनि संघ संस्थाले उत्कृट सेवा दिन नसक्ने उनको बुझाई छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending